
लन्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाको आयोजनामा गृष्मकालीन मुक्तक मेला २०२२ सम्पन्न भएको छ ।
नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यता तथा नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाका अध्यक्ष आर एनको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपाल, कोरिया र बेलायतका गरी करिब दुई दर्जन मुक्तककारहरुको सक्रिय सहभागीता रहेको कार्यक्रमका संयोजक, प्रतिष्ठानको उपाध्यक्ष तथा कार्यक्रम संचालक प्रतिमा केसीले बताउनु भयो ।
प्रतिमा केसीको संचालन तथा स्वागतबाट शुरु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष कोनेले आफ्ना ओजपूर्ण मुक्तक वाचन गर्दै बेलायत शाखाले गरेको हरेक गतिविधीको प्रसंशा गर्नु भयो र खासगरी बेलायत शाखाले प्रकाशन गर्न थालेको बरिस्ट साहित्यकार सरुभक्तको मुक्तक संग्रह र प्रणय दिवशमा प्रस्तुत गरिएको मुक्तकहरुको प्रकासनको चर्चा गरेका थिए ।
त्यसैगरी, कोरिया शाखाका अध्यक्ष आर एनले पनि कार्यक्रमको सफलताको कामना गर्दै आफ्नो जोशिला मुक्तक वाचन गरेका थिए ।
हरेक सहभागीले ४/४ वटा मुक्तक सृजना वाचन गरेको कार्यक्रममा मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष दुर्गा प्रसाद पोख्रेल, उपाध्यक्ष प्रतिमा केसी, कोषाध्यक्ष राज श्रेष्ठ, बरिष्ठ सल्लाहकार डा रुपक श्रेष्ठ, सदस्यहरु कुमार केसी, नानु राना थापा, गंगा भण्डारी, रबिन्द्र जोशी, भरत लोहोरुंग राई, जीत बुढाथोकी छन्त्याल, मोहन आचार्य ‘जलद’, अहिल्या कुँवर, बम गुरुङ र नेपालको तनहुँबाट आकाश अधिकारीको सहभागlता रहेको प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाद पोख्रेलले बताए ।
बेलायतमा सक्रिय मुक्तक प्रतिष्ठानले निकट भविष्यमा मोती जयन्तीको उपलक्ष्यमा मुक्तक तथा गजल वाचन कार्यक्रम गर्ने भएको कुरा बरिष्ठ सल्लाहकार रुपक श्रेष्ठले बताएका छन् र कार्यक्रमको अन्तमा आफ्ना मुक्तक वाचन तथा सहभागी सबैलाई धन्यवाद दिदै अध्यक्ष दुर्गा प्रसाद पोख्रेलले कार्यक्रम समापन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाद पोख्रेलको अध्यक्षता, उपाध्यक्ष प्रतिमा केसीको संचालनमा भएको उक्त कार्यक्रममा प्राबिधिक संयोजन प्रतिष्ठानका सदस्य कुमार केसीले गरेका थिए ।
उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरु हालै सम्पन्न अन्तरास्ट्रिय नेपाली साहित्य समाज बेलायत शाखामा निर्वाचित भएकोमा अध्यक्ष राज श्रेष्ठ, सह कोषाध्यक्ष प्रतिमा केसी, कार्य समिति सदस्य कुमार केसी र सदस्य रबिन्द्र जोशीलाई अध्यक्ष दुर्गा प्रसाद पोख्रेल तथा बरिष्ठ सल्लाहकार डा रुपक श्रेष्ठले बधाई ज्ञापन गरेका थिए ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]