
काठमाडौँ । नेपाली साहित्यमा आदिकवि भनेर चिनिएका भानुभक्त आचार्यलाई पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेका घाँसी खड्ग मगरलाई स्मरण गरिएको छ । उनको स्मृतिमा दोस्रो घाँसी खड्ग मगर जयन्तीसमेत आयोजना गरी खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो ।
आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ बेलायतको आयोजनामा अनामनगरस्थित तमु बौद्व सेवा समितिको सभाहलमा भएको खुल्ला कविता वाचन प्रतियोगितामा ताप्लेजुङकी शोभा जोशी प्रथम घोषित भइन् । त्यस्तै, खोटाङकी मञ्जु राई द्वितीय र उदयपुरका टीका टोली मगर तृतीय भए । त्यस्तै, सञ्जित फलाना र असिम भुसाल सान्त्वना घोषित भए ।
नेपाली राष्ट्रिय गानका रचनाकार एवम् साहित्यकार व्याकुल माइलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विजेताहरूलाई पुरस्कारस्वरूप प्रमाणपत्र र नगद राशी समेत प्रदान गरिएको थियो । पहिलो, दोस्रो र तेस्रोले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपियाँ नगर पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै, सान्त्वनाले जनही ३ हजार रुपियाँ प्राप्त गरेका थिए ।
प्रमुख अतिथि व्याकुल माइलाले पहिचानको आन्दोलनले आदिवासी समुदायको आवाज केही सुनिन थालेको धारणा राखे । त्यस्तै, प्रतियोगिताका परिकल्पनाकार आदिवासी जनजाति अभियन्ता आङ्काजी शेर्पाले भानुभक्त नभएर घाँसी खड्ग ठाडा मगर आदि सर्जक भएको दाबी गरे । उनले भानुभक्तले घाँसी खड्गबाट कविता लेख्न प्रेरणा पाएको भन्दै राज्यसत्तताका कारण आदिवासी समुदायहरू धेरै पीडित भएको भन्दै रोष प्रकट गरे ।
साहित्यकार विश्वासदीप तिगेलाको सभापतित्वमा भएको उक्त कार्यक्रमकोे भने सोनाम डोल्मा शेर्पाले सञ्चालन गरेकी थिइन् । तिगेलाले मन्तव्य राख्दै नेपालमा बसोबास गर्ने सबै जाति र समुदायको भाषा र साहित्य राष्ट्रिय र नेपाली साहित्य भएको भन्दै यसबारे प्राज्ञिक हिसाबले बहस छेड्नुपर्ने आवश्यकता भएको औँल्याए ।
घाँसी खड्ग ठाडा मगर जयन्ती गत वर्षदेखि मनाउन थालिएको आदिवासी जनजाति साहित्यकार÷लेखक महासङ्घ यूके संयोजक अमित थेवेले बताए ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा