
काठमाडौँ । भारत भ्रमणमा रहनुभएका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।
नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसीहितका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले उहाँहरुबीच भेटवार्ता भएको जानकारी दिनुभयो ।
सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशङ्कर पनि उपस्थित हुनुहुन्थ्यो । अध्यक्ष दाहालले शनिबार मात्रै भारतीय विदेशीमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्नुभएको थियो ।
यस्तै, भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहनुभएको ‘फाउण्डेन फर पब्लिक अवारनेस एण्ड पोलिसी’ ले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गर्नुभएको थियो ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ