
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले २०७७ र २०७८ को पुष्पलाल पुरस्कार विभिन्न छ स्रष्टालाई प्रदान गर्नुभएको हो । विसं २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कारअन्तर्गत राजनीतिक/सैद्धान्तिक विषयमा भोजपुरका घनेन्द्र बस्नेत, इतिहास विषयमा काठमाडौँका डा ढाकाराम सापकोटा र साहित्य, संस्कृति, विज्ञान विषयमा जगन्नाथ आचार्यलाई पुरस्कृत गरिएको छ । यस्तै, २०७७ को राजनीतिक/सैद्धान्तिक विषयमा काठमाडौँका मोहनचन्द्र अधिकारी, इतिहास विषयमा मोरङका प्रा डा कृष्णप्रसाद पोखरेल र साहित्य, संस्कृति, विज्ञान विषयमा रोल्पाका पवित्रा घर्तीलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशी नगद रु एक लाख र सम्मानपत्र रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालको राजनीतिक आन्दोलन तथा सैद्धान्तिक/राजनीतिक खोज अनुसन्धान र लेखन कार्यमा लागेका व्यक्ति वा संस्थालाई तथा नेपाली समाजको इतिहास, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति, विज्ञान विषयमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।
सरकारले आर्थिक वर्ष २०६८/६९ को नीति तथा कार्यक्रम र सोही वर्षको बजेट वक्तव्यमा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको र सोहीबमोजिम हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिँदै आएको मन्त्रालयले जनाएको छ ।
समारोहमा पूर्वप्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सामाजिक जनचेतनाका अभिवृद्धिका लागि खोज अनुसन्धानमा सक्रिय व्यक्तिलाई दिइँदै आएको पुरस्कार राज्यले अपनत्व ग्रहण गर्दै हरेक वर्ष राष्ट्रियस्तरमा योगदान गर्ने व्यक्तिलाई पुरस्कृत गर्दै आएकोमा स्रष्टाप्रति सम्मान र सिर्जनामा प्रोत्साहन मिलेको उल्लेख गर्नुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह