
लण्डन । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले शनिबार इम्पायर हल अल्डरसटमा सांगीतिक साँझ आयोजना सम्पन्न गरेको छ ।
उक्त साँझमा जीआरएनसीको निमन्त्रणामा नेपालबाट आउनु भएका कलाकारहरु हाँस्य कलाकार निर आले, नृत्यांगना रीना थापा मगर, दोहारी गायिका शान्ति रानी परियार र दोहारी गायक रनबहादुर थापा (बिलन) ले प्रस्तुत गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमका सदस्य सुष्मा गुरुङले संचालन गर्नुभएको थियो भने कार्यक्रम संयोजक उपाध्यक्ष उत्तरबहादुर गुरुङले हेल्थ एन्ड सेफ्टी र स्वागत मन्तब्य र अध्यक्ष मान गुरुङले भिक्तोरिया डेमा भाग लिने संस्थाको प्रमुखहरुलाई सर्टिफिकेट र आगन्तुक अतिथि कलाकारहरुलाई फूलको गुच्छा दिनुभएको थियो। कलाकार रिना थापा मगरले पनि मायाको चिनो अध्यक्ष मान गुरुङलाई दिनु भएको थियो। त्यसैगरी, साँस्कृतिक कार्यक्रम संचालक साँस्कृतिक सहसचिव बिमल गुरुङ, टिकटमा कोसाध्यक्ष श्याम श्रेष्ठ र जगना गुरुङ, हल प्रयोजन पुरन गिरि, राजकुमार गुरुङ र नारायण गिरि, डिजेमा गोल्डी, फोटोग्राफी इजरा श्रेष्ठ, सेक्युरिटीमा भुवानीप्रसाङ्ग गुरुङ र उपाध्यक्ष लीला सेलिङ्ग माबो लगायतले सहयोग पुर्याउनु भएको थियो।
उक्त कार्यक्रमबाट बचेको रकमले अत्यावस्यक मानवीय सहयोगमा खर्चिने छ। वृद्ध बाबाआमाहरुलाई आधा डिस्काउन्ट दिइएको थियो।


मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता