
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले एक दिने समाचार लेखन कार्यशालाको आयोजना गरेको छ ।
आइतबार जुममार्फत भर्चुअल रुपमा चलेको सो कार्यशाला अध्यक्ष गोमा रानाको अध्यक्षता र सचिव लीला सेलिङ माबोको सञ्चालनमा भएको थियो ।
कार्यशालामा फोनिज युकेका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष नरेश खपाङ्गीमगरले तालिम दिएका थिए । उनले सहभागीहरुसित अन्तरक्रिया गर्दै समाचार कसरी चिन्ने, समाचारको मूल्य केले तय हुन्छ, समाचार लेखनको योजना कसरी बनाउने, समाचारको लिड कसरी प्रभावकारी लेख्ने, समाचारको भाषा कस्तो हुनुपर्छ, राम्रो समाचार लेख्न के गर्नुपर्छ भन्ने बारेमा तालिम दिएका थिए ।
कार्यशालामा करिब ३० जना सहभागी थिए । सहभागीको प्रश्नको जवाफ प्रशिक्षक खपाङ्गीमगरले दिएका थिए ।
कार्यशालामा उपस्थित सबैलाई धन्यवाद दिँदै अध्यक्ष रानाले कार्यशाला समापन गरेकी थिइन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा