
लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले एक दिने समाचार लेखन कार्यशालाको आयोजना गरेको छ ।
आइतबार जुममार्फत भर्चुअल रुपमा चलेको सो कार्यशाला अध्यक्ष गोमा रानाको अध्यक्षता र सचिव लीला सेलिङ माबोको सञ्चालनमा भएको थियो ।
कार्यशालामा फोनिज युकेका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष नरेश खपाङ्गीमगरले तालिम दिएका थिए । उनले सहभागीहरुसित अन्तरक्रिया गर्दै समाचार कसरी चिन्ने, समाचारको मूल्य केले तय हुन्छ, समाचार लेखनको योजना कसरी बनाउने, समाचारको लिड कसरी प्रभावकारी लेख्ने, समाचारको भाषा कस्तो हुनुपर्छ, राम्रो समाचार लेख्न के गर्नुपर्छ भन्ने बारेमा तालिम दिएका थिए ।
कार्यशालामा करिब ३० जना सहभागी थिए । सहभागीको प्रश्नको जवाफ प्रशिक्षक खपाङ्गीमगरले दिएका थिए ।
कार्यशालामा उपस्थित सबैलाई धन्यवाद दिँदै अध्यक्ष रानाले कार्यशाला समापन गरेकी थिइन् ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह