
किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच शुक्रबार भेटवार्ता भएको छ ।
रुसले युक्रेनमा आक्रमण गरेपछिको अवस्थाका बारेमा उहाँहरूका बीचमा छलफल केन्द्रित भएको जनाइएको छ । युक्रेनका राष्ट्रपति जेलेनेन्सकीसँग छलफल गर्न बेलायतका प्रधानमन्त्री जोनसन युक्रेन नै आउनु भएको छ ।
दुवै पक्षका अधिकारीहरूले दिएको जानकारी अनुसार विषेश गरेर सुरक्षाको अवस्था र सहयोगको आवश्यकताका बारेमा उहाँहरूले छलफल गर्नु भएको थियो ।
रुसले आक्रमण गरिरहेकाले युक्रेनको तर्फबाट जबाफी कारबाहीका लागि आवश्यक हतियार तथा सुरक्षा सामग्री कसरी जुटाउने भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।
बैठकपछि युक्रेनका राष्ट्रपति जेलेनेस्कीले भन्नुभयो, ”ठूला हतियार तथा सुरक्षा सामग्रीहरूको आयात कसरी बढाउने भन्ने बारेमा हामीले छलफल गरेका छौँ ।”
युक्रेनका लागि अहिलेको मुख्य चासोको विषय भनेकै हतियार व्यवस्थापन भएकाले त्यस तर्फ नयाँ कदम चाल्ने सहमति भएको उहाँको भनाई छ ।
युक्रेनको आवश्यकता र अनुरोधलाई बेलायती प्रधानमन्त्री जोनसनले सहजतापूर्वक स्वीकार गर्दै पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको पनि जेलेनेस्कीले जानकारी दिनुभयो ।
युक्रेनमाथि रुसले आक्रमण गरेपछि अधिकांश देशले त्यसको विरोध गरेका छन् । उनीहरूले युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् । तर युद्ध लम्बिँदै गएकाले श्रोत साधनको अभाव पनि हुँदै गएको छ । त्यसैले युक्रेनले सहयोग बढाउन आफ्ना समर्थक सबै देशहरूलाई अनुरोध गरेको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव