
लण्डन । नेपाल आदिवासी जनजाति महासंघ नेपालका महासचिव दिवस राई र नेपाल आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँग बेलायतवासी नेपालीहरुले भेटघाट तथा अन्तरकृया गरेका छन् ।
शुक्रबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुराँको सभाकक्षमा आयोजित सो कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रहेका दिवस राई किरात राई यायोख्खा नेपालका अध्यक्षसमेत रहेका छन् । उनी किरात राई यायोख्खा बेलायतले आयोजना गरेको साकेला मनाउन बेलायत आइपुगेका हुन् । अन्तरकृयामा बोल्दै वहाँले आदिवासी जनजातिहरुको अन्दोलन अब आन्दोलन मात्र नरहेर प्राप्तीको आन्दोलन हुनुपर्ने जिकिर गरे । राष्टको हरेक क्षेत्र तथा निकायमा जे जति अवसरहरु प्राप्त हुन्छन् ती अवसरहरुलाई सदुपयोग गर्दै सामूहिक रुपमा आन्दोलन अगाडी बढाउन पर्ने उनले बताए ।
कार्यक्रममा विषेश अतिथिको रुपमा बोल्दै डा.महावीर पुनले विश्वका जुनसुकै कुनामा रहेका इनोभेटिव व्यक्तिहरुलाई आविष्कार केन्द्रमा आवद्ध हुन आह्वान गरे । वहाँले विषेशगरी जनजातिहरु मनोरन्जन, भोज भतेरतिर बढी केन्द्रित भएको गुनासो गर्दै वहाँहरुलाई आविष्कार केन्द्रतर्फ ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा वहाँले हालसम्म राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको कामहरुको पावरपोइन्टमार्फत प्रस्तुति दिनुभयो ।
सोही अवसरमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष कर्मा पहाडी सेर्पाले महिला महासंघ र पत्रकार महासंघसंग सहकार्य गरी चाँडै नै राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कवि तथा युद्ध साहित्यका अभियन्ता नरेश काङमाङ राई, साहित्यकार तथा जनजाति बुद्धिजीवी सल्लाहकार विश्वासदिप तिगेला र महासंघकी वरिष्ठ उपाध्यक्ष लीला सेलिङ मावो साथै किरात राई यायोख्खा बेलायतका नवनिर्वाचित अध्यक्ष मेजर रिटायर्ड योगेश कोयु राई, नयाँ गीत निकाल्नुभएकोमा महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पालाई प्रमुख अतिथिबाट खादा लगाई सम्मान गरियो ।
महासंघका महासचिव विमला सेनेले संचालन गरेको सो कार्यक्रममा सल्लाहकार तथा सस्थापक अध्यक्ष थर्क राना, सल्लाहकार तथा पुर्व अध्यक्षहरु सीरी लिम्बु, तुल छन्त्याल, सल्लाहकार धर्म तामाङ, विश्वासदिप तिगेला, नरहाङ राई, कल्पना राई, सुनिल राना मगर, किरात राई यायोख्खाका अध्यक्ष मेजर योगेश राई, किरात याक्थुङ चुम्लुङ युकेका सल्लाहकार यामबहादुर आङवोहाङ लागायतले जिज्ञासा राख्नुभएको थियो ।
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण