
लण्डन । बेलायतका अर्थ मन्त्री ऋषि सुनकले चरम मूल्यवृद्धिसित जुधिरहेका नागरिकहरुका लागि राहतको प्याकेज ल्याएका छन् ।
आज बेलायती संसदमा बोल्दै उनले १५ बिलियन पाउण्डको सो प्याकेजको घोषणा गरेका हुन् ।
जसअनुसार हरेक घरले उर्जाका लागि ४०० पाउण्ड पाउने छन् भने गरिबीको रेखामुनी रहेका परिवारले ६५० पाउण्ड पाउने छन् ।
उर्जा कम्पनीहरुबाट करिब ५ बिलियन पाउण्ड अतिरिक्त कर लगाई सो रकम संकलन गर्ने सरकारको योजना रहेको छ भने बाँकी १० बिलियन पाउण्ड राष्ट्रिय ढिकुटीबाट सापटी लिइने छ । सरकारले उर्जा कम्पनीहरुलाई अस्थायी रुपमा टेम्पोररी टार्गेटेड इनर्जी प्रोफिट लेबीवापत उनीहरुको नाफामा २५ प्रतिशत कर लगाउने भएको छ ।
यसरी जम्मा गरिएको कोषबाट करिब ८० लाख घरधुरीलाई प्रति घर ६५० पाउण्ड सहयोग गरिने छ भने जाडो याममा इन्धन भत्ता पाउने करिब ८० लाख सेवानिवृत्त पेन्सनरहरुलाई जनही ३०० पाउण्ड दिइने छ । यस्तै, अपाङ्गता भएकाहरुलाई थप १५० पाउण्ड अतिरिक्त सहयोग दिइने छ ।
यसअघि हरेक घरले २०० पाउण्ड पछि तिर्नपर्ने गरी उर्जा सहुलियत पाउने घोषणा गरिएकोमा त्यसलाई बढाएर ४०० पाउण्ड पुर्याइएको छ भने सो रकम फिर्ता गर्नुपर्ने छैन ।
कोरोना भाइरसको महामारीबाट बाहिर आउनासाथ बेलायतमा मुद्रास्फिति अत्यन्तै उच्च छ भने हरेक सामानको मूल्य अचाक्ली बढेको छ । उर्जामा त झन कल्पना नै गर्न नसक्ने गरी मूल्यवृद्धि भएको छ । सो संकटलाई टार्न यसअघि पनि सरकारले विभिन्न योजना ल्याएको थियो ।
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस
पोखरा विमानस्थल अनियमितता प्रकरणमा नेपाली कांग्रेस नेतासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालको समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, को को छन् ?
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]