
लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले आज बेलायती रक्षा मन्त्री बेन वालिसलाई भेटी गोरखा सैनिकहरुको विषयमा चाँडो वार्ताका लागि आग्रह गरेका छन् ।
सो अवसरमा रक्षा मन्त्री वालिसले छिटोभन्दा छिटो वार्ता समिति बनाउने र वार्ताका नियम र शर्तहरु (टीओआर) बनाउने बताएको दुताबासका प्रवक्ता रोशन खनालले बताउनु भयो ।
गोरखाहरुको समस्याका बारेमा दुई देशबीच गरिने वार्ता शुरु गर्न समय लिइरहेको विषयलाई लिएर राजदुत आचार्यले मन्त्री वालिससित भेट्न खोज्नुभएको थियो । निकै लामो समयपछि मन्त्रीसित भेट तय भएको हो ।
प्रवक्ता खनालले दुताबासले वार्ता चाँडै शुरु होस् भन्ने चाहना राखेको तर यो सवाल दुई पक्षीय भएको दुवै पक्षको सहमतिमा वार्ता अगाडी बढाउनु पर्ने भएकाले समय लिन पुगेको बताउनुभयो ।
उहाँले मन्त्री वालिससितको भेटपछि वार्ता प्रक्रिया अगाडी बढ्ने आशा व्यक्त गर्नुभयो ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र