
लण्डन । बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले आज बेलायती रक्षा मन्त्री बेन वालिसलाई भेटी गोरखा सैनिकहरुको विषयमा चाँडो वार्ताका लागि आग्रह गरेका छन् ।
सो अवसरमा रक्षा मन्त्री वालिसले छिटोभन्दा छिटो वार्ता समिति बनाउने र वार्ताका नियम र शर्तहरु (टीओआर) बनाउने बताएको दुताबासका प्रवक्ता रोशन खनालले बताउनु भयो ।
गोरखाहरुको समस्याका बारेमा दुई देशबीच गरिने वार्ता शुरु गर्न समय लिइरहेको विषयलाई लिएर राजदुत आचार्यले मन्त्री वालिससित भेट्न खोज्नुभएको थियो । निकै लामो समयपछि मन्त्रीसित भेट तय भएको हो ।
प्रवक्ता खनालले दुताबासले वार्ता चाँडै शुरु होस् भन्ने चाहना राखेको तर यो सवाल दुई पक्षीय भएको दुवै पक्षको सहमतिमा वार्ता अगाडी बढाउनु पर्ने भएकाले समय लिन पुगेको बताउनुभयो ।
उहाँले मन्त्री वालिससितको भेटपछि वार्ता प्रक्रिया अगाडी बढ्ने आशा व्यक्त गर्नुभयो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]