
लण्डन । आसफोर्ड केन्टमा रहेको सगरमाथा गोरखा नेपाली समाजले आज स्थानिय भिक्टोरिया पार्कमा सरसफाइ गरेको छ ।
मौषमको प्रतिकूलताका कारण बीचबीचमा परेको पानीको पर्वाह नगरी समाजले सरसफाइ गरेको हो ।
समाजले हरेक वर्ष सरफाइ कार्य गर्ने गरेको भए पनि केही वर्ष यो कार्य रोकिएको थियो ।
आसफोर्डको स्थानिय बासिन्दा भएको हुनाले सार्वजनिक क्षेत्रमा काम गरेर यहाँका रैथाने बासिन्दाहरुसँग सहकार्य गर्ने गराउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको समाजले बताएको छ । आजको कार्यक्रमको संयोजन नग्स राईले गरेका थिए । कार्यक्रममा संयोजक राईले हेल्थ र सेफ्टी बारेमा जानकारी गराएपश्चात क्षेत्र विभाजन गरी सरसफाइ सुरु गरिएको थियो।
कार्यक्रममा विभिन्न संघ सस्थाहरुलाई सस्थाका तर्फबाट भाग लिनका लागी अनुरोध गरिएको थियो । जसअनुसार गोर्खा पिस फाउन्डेसन आशफोर्ड, लाइनस क्लब आशफोर्ड, रोयल ब्रिटिस लिजन आशफोर्ड, किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आशफोर्ड, केन्ट गुरुङ समाज आशफोर्ड, किरात याक्थुङ चुम्लुङ्ग शाखा कमिटी आशफोर्ड, पिपल मोर्गेज आशफोर्डलगायत थुप्रै संघ सस्थाहरुबाट स्वयंसेवकहरु सहभागी भएका थिए ।
कार्यक्रममा आशफोर्ड बरो काउन्सिलका मेयर कालम नोल्सले पार्क सरसफाई कार्यक्रमले यहाँका स्थानियहरुलाई यसरी सबै एक भएर आफ्नो क्षेत्रमा सफा वातावरण राख्नको लागी हौसला दिने भन्दै समाजलाई धन्यवाद दिए ।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष कप्रसाद छन्त्यालले कार्यक्रम संयोजक नग्स राईलाई कार्यक्रम अति नै सफल भएकोमा धन्यवाद दिँदै हामी पनि यसै स्थानमा बसोबास गर्ने भएकोले यस्तो कार्यक्रम गर्नु आवस्यक छ र यहाँका बासिन्दाहरुसंग घुलमिल गर्न पनि यस्तो कार्य गर्नु जरुरी रहेको बताए । उनले सम्पूर्ण उपस्थितहरुलाई धन्यबाद दिदै कार्यक्रम समापन गरे ।
बिहान १० बजे सुरु भएको उक्त कार्यक्रम दिनको १२ बजे सकिएको थियो ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा