
लण्डन । अंग्रेजी नयाँ वर्ष सन् २०२२ सँङै ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) ले हरेक हप्ता विभिन्न विषय समेटेर विभिन्न ब्यक्तित्वसँग भर्चुअल माध्यमबाट ज्ञानबर्धक सूचनामूलक तथा रमाइला कुराकानी गर्ने गरेको छ ।
विशेषगरी समाज सेवी, कम्युनिटी साइकियाट्रिक नर्स सुष्मा गुरुङ र डा. विशाल गुरुङबाट सो कुराकानीको सन्चालन हुँदै आएको छ । अहिले सम्मका यस्तो कुराकानीमा डा. जीत तामाङ, डा. चुडा कार्की, डा. विजय भन्डारी, पहिलो पुरुष नर्स राजेन्द्र क्षत्री, नर्स टीम राइली, रश्मोर हेल्थी लिभिङबाट निशा शर्मा, सीमा गुरुङ टक प्लस, कम्युनिटी पुलिस सपोर्ट अफिसर दुर्गाबहादुर थापालाई निम्त्याई विविध विषयमा जानकारी दिइएको छ । यसैक्रममा आगामी हप्तामा डा. लता गौतम सत्यालसँग लागूऔषध ड्रग्सका बारेमा कुराकानी हुँदैछ ।
हरेक हप्ता कुनै न कुनै चिकित्सकहरु, नर्सहरु जोडिएकोले आआफ्नो विषयमा स्वास्थ सम्वाद हुनुको साथै दर्शक श्रोताको जिज्ञासाको पनि उत्तर दिने, विभिन्न रोगको लक्षण, उपचार र रोकथाम सम्बन्धी विविध कुराकानी हुने गरेको छ ।
यसरी कुराकानी गर्दा धेरैलाई आफ्नो कुरा बाँड्न, प्रश्न सोध्न सहज भएको प्रतिक्रिया आएको कुरा संचालक सुस्मा गुरुङ बताउनु हुन्छ । साथै फेस्बुकबाट प्रत्यक्ष प्रसारण पनि हुने भएकोले पनि धेरै जनाले डाक्टर र नर्सको सल्लाह सुझावबाट लाभ पाएको गुरुङ बताउनु हुन्छ ।
हरेक हप्ता मङ्गलबार साँझ ७ बजे जीआरएनसीको फेस्बुक पेजबाट सो कार्यक्रम प्रत्यक्ष प्रशारण हुन्छ र तपाईंहरुको पनि कुनै प्रश्न छ भने राख्न सक्ने गुरुङ बताउनु हुन्छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा