
लण्डन । अंग्रेजी नयाँ वर्ष सन् २०२२ सँङै ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) ले हरेक हप्ता विभिन्न विषय समेटेर विभिन्न ब्यक्तित्वसँग भर्चुअल माध्यमबाट ज्ञानबर्धक सूचनामूलक तथा रमाइला कुराकानी गर्ने गरेको छ ।
विशेषगरी समाज सेवी, कम्युनिटी साइकियाट्रिक नर्स सुष्मा गुरुङ र डा. विशाल गुरुङबाट सो कुराकानीको सन्चालन हुँदै आएको छ । अहिले सम्मका यस्तो कुराकानीमा डा. जीत तामाङ, डा. चुडा कार्की, डा. विजय भन्डारी, पहिलो पुरुष नर्स राजेन्द्र क्षत्री, नर्स टीम राइली, रश्मोर हेल्थी लिभिङबाट निशा शर्मा, सीमा गुरुङ टक प्लस, कम्युनिटी पुलिस सपोर्ट अफिसर दुर्गाबहादुर थापालाई निम्त्याई विविध विषयमा जानकारी दिइएको छ । यसैक्रममा आगामी हप्तामा डा. लता गौतम सत्यालसँग लागूऔषध ड्रग्सका बारेमा कुराकानी हुँदैछ ।
हरेक हप्ता कुनै न कुनै चिकित्सकहरु, नर्सहरु जोडिएकोले आआफ्नो विषयमा स्वास्थ सम्वाद हुनुको साथै दर्शक श्रोताको जिज्ञासाको पनि उत्तर दिने, विभिन्न रोगको लक्षण, उपचार र रोकथाम सम्बन्धी विविध कुराकानी हुने गरेको छ ।
यसरी कुराकानी गर्दा धेरैलाई आफ्नो कुरा बाँड्न, प्रश्न सोध्न सहज भएको प्रतिक्रिया आएको कुरा संचालक सुस्मा गुरुङ बताउनु हुन्छ । साथै फेस्बुकबाट प्रत्यक्ष प्रसारण पनि हुने भएकोले पनि धेरै जनाले डाक्टर र नर्सको सल्लाह सुझावबाट लाभ पाएको गुरुङ बताउनु हुन्छ ।
हरेक हप्ता मङ्गलबार साँझ ७ बजे जीआरएनसीको फेस्बुक पेजबाट सो कार्यक्रम प्रत्यक्ष प्रशारण हुन्छ र तपाईंहरुको पनि कुनै प्रश्न छ भने राख्न सक्ने गुरुङ बताउनु हुन्छ ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त