
काठमाडौँ । नेपालमा शुक्रबार सम्पन्न स्थानिय निकायको निर्वाचनको प्रारम्भिक परिणाम आउन थालेको छ ।
करिब ५०० वटा स्थानिय निकायमा भइरहेको प्रारम्भिक मतगणनाले सत्तारुढ गठबन्धनको पक्षमा परिणाम आउने देखाएको छ ।
७५३ वटा स्थानिय निकायमा भएको निर्वाचनको हालसम्म १२ स्थानको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ६, नेपाली काँग्रेसले ३, नेकपा (एकीकृत समाजवादी)ले २ र नेकपा (माओवादी केन्द्र)ले १ स्थानमा स्थानिय निकायको प्रमुख जितेको छ ।
तर मतगणना भइरहेका करिब ५०० स्थानिय निकायहरुमा यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेसले करिब २२५, नेकपा एमाले करिब १५०, नेकपा माओवादी केन्द्र करिब ८०, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी करिब १० स्थानमा अग्रपंक्तिमा रहेको छ ।
मतगणना शुरुवाती भए पनि रुझान हेर्दा सत्तारुढ पार्टीहरुले गठबन्धन गरेको अधिकांश ठाउँमा परिणाम उनीहरुको पक्षमा आउने देखिएको छ ।
काठमाडौँ महानगरपालिकाको शुरुवात मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडी देखिएका छन् ।

बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट