
काठमाडौँ । नेपालमा शुक्रबार सम्पन्न स्थानिय निकायको निर्वाचनको प्रारम्भिक परिणाम आउन थालेको छ ।
करिब ५०० वटा स्थानिय निकायमा भइरहेको प्रारम्भिक मतगणनाले सत्तारुढ गठबन्धनको पक्षमा परिणाम आउने देखाएको छ ।
७५३ वटा स्थानिय निकायमा भएको निर्वाचनको हालसम्म १२ स्थानको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ६, नेपाली काँग्रेसले ३, नेकपा (एकीकृत समाजवादी)ले २ र नेकपा (माओवादी केन्द्र)ले १ स्थानमा स्थानिय निकायको प्रमुख जितेको छ ।
तर मतगणना भइरहेका करिब ५०० स्थानिय निकायहरुमा यो समाचार तयार पार्दासम्म नेपाली काँग्रेसले करिब २२५, नेकपा एमाले करिब १५०, नेकपा माओवादी केन्द्र करिब ८०, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी करिब १० स्थानमा अग्रपंक्तिमा रहेको छ ।
मतगणना शुरुवाती भए पनि रुझान हेर्दा सत्तारुढ पार्टीहरुले गठबन्धन गरेको अधिकांश ठाउँमा परिणाम उनीहरुको पक्षमा आउने देखिएको छ ।
काठमाडौँ महानगरपालिकाको शुरुवात मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडी देखिएका छन् ।

एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा