श्रीलंकामा नयाँ प्रधानमन्त्री

कोलम्बो । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ ।
बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गर्नुभएको हो । उहाँ श्रीलंकाको पूर्व प्रधानमन्त्री रही सक्नुभएको छ । विक्रमासिंघे श्रीलंकामा पटक पटक प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति बिहीबार नै सपथ गराउनुभएको बताइएको छ ।
हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिनुभएको थियो । राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । त्यसपछि उहाँले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाउनुभएको थियो ।
आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ । विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ । महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।
यहाँ आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सयभन्दा बढी घाइते भएका छन् । नयाँ प्रधानमन्त्री विक्रमासिंघे यहाँको युनाइटेड नेशनल पार्टीका नेता हुनुहुन्छ । उहाँ यहाँ लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।
विक्रमासिंघेलाई यहाँको अर्का राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उहाँलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री