
कोलम्बो । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ ।
बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गर्नुभएको हो । उहाँ श्रीलंकाको पूर्व प्रधानमन्त्री रही सक्नुभएको छ । विक्रमासिंघे श्रीलंकामा पटक पटक प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति बिहीबार नै सपथ गराउनुभएको बताइएको छ ।
हाल श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट केही दिनमात्र अघि राजीनामा दिनुभएको थियो । राजापाक्छेको राजीनामा मागेर देशमा आन्दोलन पनि भएको थियो । त्यसपछि उहाँले वैशाख २६ गते आफ्ना भाइसमेत रहेका राष्ट्रपति गोटवाया राजापाक्षेलाई राजीनामा बुझाउनुभएको थियो ।
आर्थिक संकटका कारण हाल श्रीलंका खाद्यान्न, इन्धन र औषधिको समेत चर्को अभाव भएको छ । विविध कारणहरुले देश आर्थिक संकटमा फसेको छ । महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पनि यसलगत्तै राजधानी कोलम्बोमा दंगा फैलिएको थियो ।
यहाँ आन्दालेनका कारण हिंसामा परेर कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै दुई सयभन्दा बढी घाइते भएका छन् । नयाँ प्रधानमन्त्री विक्रमासिंघे यहाँको युनाइटेड नेशनल पार्टीका नेता हुनुहुन्छ । उहाँ यहाँ लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।
विक्रमासिंघेलाई यहाँको अर्का राजनीतिक परिवार राजापाक्षेहरूको निकट पनि मानिन्छ । त्यसैले पनि उहाँलाई प्रधानमन्त्रीका रूपमा चुनिएको विज्ञहरूको भनाइ छ रहेको छ ।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान