
लण्डन । अन्तर्राष्ट्रिय नर्सेज दिवसका अवसरमा नेपलिज नर्सिङ एसोसिएन युकेको सदस्यता शुल्कमा आधा छुट दिइने भएको छ ।
एसोसिएसनकी अध्यक्ष सुनिता थापा गौतमका अनुसार आजदेखि छ महिनाका लागि एसोसिएसनको सदस्यतामा आधा छुट दिने निर्णय गरिएको छ । साथै, नेपालबाट बेलायत आएका नर्सहरुलाई पहिलो वर्ष एसोसिएनको सदस्यता शुल्क मिनाहा गर्ने र हाल बेलायतमा नर्सिङ अध्ययन गरिरहेका नेपाली मूलका विद्यार्थी नर्सहरुलाई पिन नम्बर नपाउञ्जेलसम्म निशुल्क सदस्यता दिइने पनि उनले बताइन् ।
“बेलायतमा नेपाली मूलका नर्सहरु धेरै नै भएको अनुमान छ । उनीहरुलाई धेरैभन्दा धेरै एसोसिएनमा आवद्ध गराउनका लागि सदस्यता शुल्कमा छुट दिने निर्णय गरेका हौँ”, अध्यक्ष गौतमले भनिन् । उनका अनुसार यस योजनाअनुसार सदस्यता लिन चाहनेहरुले Halfpricelifetime कोड उल्लेख गर्नुपर्नेछ ।
एसोसिएसनको सदस्यता शुल्क वार्षिक ९९ पाउण्ड रहेको छ । छुटपछि अब ५० पाउण्ड मात्र तिरे पुग्नेछ ।
एसोसिएसनले बेलायतमा रहेका नेपाली मूलका नर्सहरुलाई सदस्यता लिन अनुरोध गरेको छ साथै डेण्टल नर्सहरुलाई पनि एसोसिएसनमा आवद्ध हुन आग्रह गरेको छ ।
सन् २००८ मा खुलेको नेपलिज नर्सिङ एसोसिएसन युकेले बेलायतमा रहेका नेपाली मूलका नर्सहरुको व्यक्तिगत तथा पेशागत विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको एसोसिएनले नर्सहरुको मानसिक स्वास्थ्यका लागि योगा, नृत्य कक्षाहरु पनि गर्दै आएको छ भने मे २९ देखि अब्जेक्टिभ स्ट्रचल क्लिनिकल एक्जामिनेसन (ओस्की) कक्षा पनि सञ्चालन गर्ने भएको छ ।
बेलायतको पब्लिक हेल्थ इङ्ल्याण्डसित समेत राम्रो सम्बन्ध रहेको एसोसिएनले आफ्ना सदस्यहरुका लागि विभिन्न छात्रवृत्ति तथा अवसरहरु समेत उपलब्ध गराउने गरेको छ । “यस्ता अवसरहरु नयाँ सदस्यहरुका लागि उपयोगी हुन सक्छन् । त्यसैले सदस्यता लिइदिन हुन म अनुरोध गर्दछु”, अध्यक्ष गौतमले भनिन् ।

बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]