
लण्डन । किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति आशफोर्ड केन्टले सल्लाहकारहरुको चयन गरेको छ ।
समितिको शनिबार सेन फ्रान्सिस्को चर्च हलमा बसेको प्रथम बैठकले सल्लाहकारहरु चयन गरेको हो ।
समितिको अध्यक्ष बसुन्धरा नयोङ्ग राईको अध्यक्षता र सचिव डिल्लीराम राईले संचालन गरेको बैठकले एक जना पछि मनोनित गर्ने गरी ध्यानबहादुर मेवाहाङ्ग राई, सर्बधन थुलुङ्ग राई, प्रश्न थुलुङ्ग राई, ओम बाहिङ्ग राई, चक्रबहादुर साम्पाङ्ग राई, मानुस चाम्लिङ्ग राई, गंगा प्रसाद बान्तावा राई र श्रीमती चन्द्रिका चाम्लिङ्ग राईलाई सल्लाहकारमा मनोनित गरेको छ । यस्तै सहसचिवको रिक्त पदमा रिटायर्ड क्याप्टेन रघुबीर राईलाई मनोनयन गरिएको छ । यस्तै कार्यसमिति सदस्य पदमा उद्दमाया राईलाई मनोनित गरिएको छ ।
त्यसैगरी अधिवेसनको समयमा सपथग्रहण गर्न बाँकी रहेका समितिका पदाधिकारीहरुलाई किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मानुस चाम्लिङ्ग राईको उपस्थितिमा सपथग्रहण र स्वागत गरिएको थियो । बैठकले अधिबेसनको समीक्षासहित समितिको भावी कार्यक्रमको तर्जुमा गर्नुको साथ साथै मे २८ तारिख शनिबार किरात राई हाउस गेम्बल लेनमा हुन् गइरहेको किरात राईहरुको महान चाड साकेला उभौली २०७९ लाई भव्यताका साथ सम्पन्न गर्नको लागी आशफोर्डबाट यातायातको सुबिधा नहुनेहरुको लागी गाडीको बन्दोबस्त भैसकेको र आवश्यकताअनुसार अझै बन्दोबस्त गर्ने जानकारी गराएको छ ।
कार्यक्रमको अन्त्यमा स्वर्गीय गौनमाया राईको स्मृतिमा वहाँका छोरी ज्वाईहरु चन्द्रिका राई, प्रेम राई, सरिता राई, जगत राई, रमिला राई, भक्त कुमार राईले समितिका अध्यक्ष बसुन्धरा नयोङ्ग राईलाई १५५ पाउण्डको सौजन्य कर्ताहरुको नामसहित पानी तताउने भाँडो र पेय पदार्थहरु हस्तान्तरण गरे भने उक्त भाँडोलाई समितिको सम्पतिमा जोडिएको छ ।
समितिका अध्यक्षले पदाधिकारी तथा सल्लाहकारहरुलाई किरात राई यायोखा बेलायतको छुट्टिएको यो परिस्थितिलाई कसरी पुन एकतामा फर्काउने बारेमा सबैले उपाय सोच्न र त्यो स्थितिप्रति आशावादी हुन आग्रह गर्दै उपस्थिति सबैलाई धन्यबादसहित बैठक समाप्त गरेकी थिइन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]