
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी निवर्तमान अध्यक्ष श्रीमती पूनम गुरुङ बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा पराजित भएकी छिन् ।
एनआरएनए युकेको जिम्मेवारी हस्तान्तरण गरे लगत्तै बेजिङस्टोक महिला कञ्जरभेटिभ समितिको अध्यक्ष पदमा गुरुङ नियुक्त भएकी थिइन् ।
उनी यस स्थानीय निर्वाचनमा कञ्जरभेटिभ पार्टीबाट बेजिङस्टोक तथा डीन काउन्सिलको ब्राइटन हिल वडामा उम्मेदवार रहेकी थिइन् । काउन्सिलको पेजमा प्रकाशित निर्वाचन परिणामअनुसार गुरुङ ५३७ मतका साथ तेस्रो स्थानमा रहिन् । सो वडामा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवार करेन एन्ड्रिया बावेसले ९३७ मत ल्याई विजय हासिल गरेकी छिन् भने उनको निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका क्लेयर ओलिभिया फिप्स बनिन् । उनले ५६१ मत पाइन् ।
७ हजार ७४६ मतदाता रहेको सो वडामा २८.६ प्रतिशत मात्र मत खसेको थियो भने ११ मत बदर भएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी