
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी निवर्तमान अध्यक्ष श्रीमती पूनम गुरुङ बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा पराजित भएकी छिन् ।
एनआरएनए युकेको जिम्मेवारी हस्तान्तरण गरे लगत्तै बेजिङस्टोक महिला कञ्जरभेटिभ समितिको अध्यक्ष पदमा गुरुङ नियुक्त भएकी थिइन् ।
उनी यस स्थानीय निर्वाचनमा कञ्जरभेटिभ पार्टीबाट बेजिङस्टोक तथा डीन काउन्सिलको ब्राइटन हिल वडामा उम्मेदवार रहेकी थिइन् । काउन्सिलको पेजमा प्रकाशित निर्वाचन परिणामअनुसार गुरुङ ५३७ मतका साथ तेस्रो स्थानमा रहिन् । सो वडामा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवार करेन एन्ड्रिया बावेसले ९३७ मत ल्याई विजय हासिल गरेकी छिन् भने उनको निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका क्लेयर ओलिभिया फिप्स बनिन् । उनले ५६१ मत पाइन् ।
७ हजार ७४६ मतदाता रहेको सो वडामा २८.६ प्रतिशत मात्र मत खसेको थियो भने ११ मत बदर भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा