
लण्डन । नेपालीहरुको निक्कै बाक्लो बसोबास रहेको दक्षिण पूर्वी लण्डनमा नेपाली मूलका उम्मेदवार जीत रानाभाट काउन्सिलरमा निर्वाचित भएका छन् ।
बेलायतमा हिजो विहीबार सम्पन्न स्थानीय चुनावमा रोयल बरो अफ ग्रीनिचको प्लमस्टिड तथा ग्लेनडन वडाबाट उनी काउन्सिलरमा निर्वाचित भएका हुन् ।
उनले २ हजार ३१९ मत पाए । उनी लेबर पार्टीबाट उठेका थिए । उनीसँगै सो वडाबाट सोही पार्टीका अरु दुई उम्मेदवारहरु पनि निर्वाचित भएका छन् । लेबर पार्टीकै अडेल खैरेहले २ हजार ४१५ र सान्द्रा थोमस २ हजार ४४० मत ल्याएर विजयी भए । उनीहरुको निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभका उम्मेदवार माइकल डाउडले ५२७ मत ल्याए भने अरु उम्मेदवारहरुले ५०० मत पनि कटाउन सकेनन् ।
बेलायतमा नेपालीहरुको बाक्लो बसोबास भएको बेलायतको अन्य क्षेत्रमा केही वर्षदेखि नै नेपाली काउन्सिलरहरु निर्वाचित भए पनि दक्षिण पूर्वी लण्डनमा भने कोही निर्वाचित हुन सकेका थिएनन् ।
रानाभाट रोयल ग्रीनिच नेपाली सोसाइटीका अध्यक्ष पनि हुन् ।
चौथोपटक निर्वाचित हुनबाट रोकिए चित्र
उता, यसअघि तीनपटक काउन्सिलर निर्वाचित मेजर रिटायर्ड चित्रबहादुर राना भने यसपटक काउन्लिसरमा निर्वाचित हुन असफल भएका छन् । वोकिङ काउन्सिलको गोल्डसवर्थ पार्क वडामा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेका उनले ८२९ मत मात्र पाए भने लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवार स्टेफेन ओडसले १ हजार ६४१ मत पाएर जित हासिल गरे ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ