
लण्डन । नेपालीहरुको निक्कै बाक्लो बसोबास रहेको दक्षिण पूर्वी लण्डनमा नेपाली मूलका उम्मेदवार जीत रानाभाट काउन्सिलरमा निर्वाचित भएका छन् ।
बेलायतमा हिजो विहीबार सम्पन्न स्थानीय चुनावमा रोयल बरो अफ ग्रीनिचको प्लमस्टिड तथा ग्लेनडन वडाबाट उनी काउन्सिलरमा निर्वाचित भएका हुन् ।
उनले २ हजार ३१९ मत पाए । उनी लेबर पार्टीबाट उठेका थिए । उनीसँगै सो वडाबाट सोही पार्टीका अरु दुई उम्मेदवारहरु पनि निर्वाचित भएका छन् । लेबर पार्टीकै अडेल खैरेहले २ हजार ४१५ र सान्द्रा थोमस २ हजार ४४० मत ल्याएर विजयी भए । उनीहरुको निकटतम प्रतिद्वन्द्वी कन्जरभेटिभका उम्मेदवार माइकल डाउडले ५२७ मत ल्याए भने अरु उम्मेदवारहरुले ५०० मत पनि कटाउन सकेनन् ।
बेलायतमा नेपालीहरुको बाक्लो बसोबास भएको बेलायतको अन्य क्षेत्रमा केही वर्षदेखि नै नेपाली काउन्सिलरहरु निर्वाचित भए पनि दक्षिण पूर्वी लण्डनमा भने कोही निर्वाचित हुन सकेका थिएनन् ।
रानाभाट रोयल ग्रीनिच नेपाली सोसाइटीका अध्यक्ष पनि हुन् ।
चौथोपटक निर्वाचित हुनबाट रोकिए चित्र
उता, यसअघि तीनपटक काउन्सिलर निर्वाचित मेजर रिटायर्ड चित्रबहादुर राना भने यसपटक काउन्लिसरमा निर्वाचित हुन असफल भएका छन् । वोकिङ काउन्सिलको गोल्डसवर्थ पार्क वडामा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेका उनले ८२९ मत मात्र पाए भने लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवार स्टेफेन ओडसले १ हजार ६४१ मत पाएर जित हासिल गरे ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार