लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा पूर्व मेयर डा. जगन्नाथ शर्मा झीनो मतान्तरले पराजित भएका छन् ।
नर्थ योर्कसायर काउण्टी अन्तर्गतको हिप्सवेल एण्ड कोलबर्न वडाबाट उम्मेदवार रहेका शर्माले ५५१ मत पाए भने ग्रीन पार्टीका केभिन फोस्टरले ५५९ मत पाए । शर्मा सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट उठेका थिए ।
स्थानीय अनलाइन रिचमण्डसायर टुडेका अनुसार झीनो मतान्तर भएपछि दुईपटक पुनः मतगणना गर्दा पनि फोस्टरले नै जितेका थिए ।
पुर्ख्यौली घर पर्वत भएका शर्मा सन् २०१३ देखि काउन्सिलर थिए । उनले यसअघि कोलबर्न टाउन काउन्सिलको उपमेयर र मेयर समेत सम्हालिसकेका छन् ।
शर्माको चुनावी अभियानमा बेलायती अर्थमन्त्री ऋषि सुनकसमेत पुगेका थिए ।
यसैगरी, कञ्जरभेटिभ पार्टीबाटै उम्मेदवार रहेका सञ्जय पन्त पनि पराजित भएका छन् । उनी वार्टफोर्ड काउन्सिलको होलीवेल वडाबाट उम्मेदवार रहेका थिए । उनले ४२६ मत मात्र पाए । सो वडाबाट लेबर पार्टीका उम्मेदवार म्याट टर्माइन ९४९ मतका साथ विजयी भए ।
यस्तै, स्वीण्डन काउन्सिलको म्यानिङटन एण्ड वेस्टर्न वडाबाट उठेका ज्ञानप्रसाद गुरुङले पनि चुनाव हारेका छन् । उनले ६६५ मत पाए भने उनका प्रतिद्वन्द्वी जेम्स रोविन्स १ हजार ३६४ मत ल्याएर विजयी भए । गुरुङ कञ्जरभेटिभ पार्टीबाट उठेका थिए ।
अब नेपाली मूलका उम्मेदवार उठेको ग्रीनवीच र वोकिङ काउन्सिलको मात्र परिणाम आउन बाँकी छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा