लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा पूर्व मेयर डा. जगन्नाथ शर्मा झीनो मतान्तरले पराजित भएका छन् ।
नर्थ योर्कसायर काउण्टी अन्तर्गतको हिप्सवेल एण्ड कोलबर्न वडाबाट उम्मेदवार रहेका शर्माले ५५१ मत पाए भने ग्रीन पार्टीका केभिन फोस्टरले ५५९ मत पाए । शर्मा सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट उठेका थिए ।
स्थानीय अनलाइन रिचमण्डसायर टुडेका अनुसार झीनो मतान्तर भएपछि दुईपटक पुनः मतगणना गर्दा पनि फोस्टरले नै जितेका थिए ।
पुर्ख्यौली घर पर्वत भएका शर्मा सन् २०१३ देखि काउन्सिलर थिए । उनले यसअघि कोलबर्न टाउन काउन्सिलको उपमेयर र मेयर समेत सम्हालिसकेका छन् ।
शर्माको चुनावी अभियानमा बेलायती अर्थमन्त्री ऋषि सुनकसमेत पुगेका थिए ।
यसैगरी, कञ्जरभेटिभ पार्टीबाटै उम्मेदवार रहेका सञ्जय पन्त पनि पराजित भएका छन् । उनी वार्टफोर्ड काउन्सिलको होलीवेल वडाबाट उम्मेदवार रहेका थिए । उनले ४२६ मत मात्र पाए । सो वडाबाट लेबर पार्टीका उम्मेदवार म्याट टर्माइन ९४९ मतका साथ विजयी भए ।
यस्तै, स्वीण्डन काउन्सिलको म्यानिङटन एण्ड वेस्टर्न वडाबाट उठेका ज्ञानप्रसाद गुरुङले पनि चुनाव हारेका छन् । उनले ६६५ मत पाए भने उनका प्रतिद्वन्द्वी जेम्स रोविन्स १ हजार ३६४ मत ल्याएर विजयी भए । गुरुङ कञ्जरभेटिभ पार्टीबाट उठेका थिए ।
अब नेपाली मूलका उम्मेदवार उठेको ग्रीनवीच र वोकिङ काउन्सिलको मात्र परिणाम आउन बाँकी छ ।
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]