
मिन्स्क । बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने भएको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा सो कुरा बताएका छन्।
लुकासेन्कोले बेलारुस शान्तिको पक्षमा रहेको र वर्तमान रुस-युक्रेन सैन्य द्वन्द्वको अन्त्यका लागि बारम्बार आह्वान गरेको पनि बताए। “हामी स्पष्ट रूपमा कुनै पनि युद्ध स्वीकार गर्दैनौं। हामीले युद्ध नहोस् भनेर अहिले सबै गरिरहेका छौं,” लुकाशेन्कोले एपीलाई भने । उनले आफ्नो देशले युक्रेन र रुसबीच वार्ता अघि बढाएको पनि स्मरण गराए ।
युक्रेनले आफ्नो भूमिमा शत्रुता भइरहेको भए पनि वार्तामा चासो नदेखाउनुको कारण वाशिङटनको नीति रहेको उनले आरोप लगाए ।
राष्ट्रपतिले सङ्कटमा आणविक हतियारको प्रयोग अस्वीकार्य भएको बताएका छन् ।
बेलारुसी राष्ट्रपतिका अनुसार उनी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्वतन्त्र राष्ट्रका प्रमुखबीच हुन सक्ने सबैभन्दा राम्रो सम्बन्ध छ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव