
लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनको परिणाम आउने क्रम जारी छ । कतिपय काउन्सिलको मतगणना राति नै सम्पन्न भएको छ भने कतिको आज बिहान मात्र शुरु हुँदैछ ।
यो समाचार तयार पार्दैगर्दा प्राप्त नेपालीमूलका उम्मेदवारहरुको नतिजा यसप्रकार छ ।
लक्ष्यबहादुर गुरुङ पुननिर्वाचित

लण्डन बोरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ काउन्सिलर पदमा पुन निर्वाचित भएका छन् । एज्वेरबरी वडाबाट कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका उनले १ हजार ६९१ मतसहित निर्वाचित भएका छन् । दुई जना निर्वाचित हुने सो वडाबाट उनीसँगै कञ्जरभेटिभ पार्टीकै अर्का उम्मेदवार पनि विजयी भएका छन् ।
कमल गुरुङ निर्वाचित

बार्नेट काउन्सिलमै पहिलोपटक काउन्सिलरका उम्मेदवार बनेका कमलबहादुर गुरुङले जितेका छन् । ब्रन्टोक वडाबाट उम्मेदवार बनेका उनले २ हजार ३७७ मत पाए । उनी लेबर पार्टीबाट उम्मेदवार थिए । दुई जना निर्वाचित हुने सो वडाबाट लेबर पार्टीकै अर्का उम्मेदवारले जितेका छन् ।
विष्णुबहादुर गुरुङको ह्याट्रिक

लण्डन बोरो अफ हाउन्स्लोका मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भएका छन् । ह्यानवर्थ पार्क वडाबाट उम्मेदवार रहेका उनी १ हजार ३७ मत पाएर निर्वाचित भएका हुन् । उनी लेबर पार्टीबाट उम्मेदवार थिए ।
भीम सारु र सुमन पुन उपविजेता
रसमुर काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको उम्मेदवार रहेकी सुमन पुनले जित हासिल गर्न सकिनन् । कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेकी उनले ७३० पाइन् भने लेबर पार्टीका उम्मेदवार क्लाइभ प्याट्रिक ग्राटनले १ हजार ८ मतसहित जित हासिल गरे ।
यसैगरी बेडवर्थ र ननिटन काउन्सिलमा बारपुल वडाबाट उम्मेदवार बनेका भीम सारु पनि जित हासिल गर्न चुकेका छन् । लेबर पार्टीबाट उम्मेदवार रहेका उनले ५६६ मत पाए भने कञ्जरभेटिभ पार्टीका उम्मेदवार जेमी मारिक हार्टसन ६५२ मत पाएर निर्वाचित भए ।
नेपाली मूलका उम्मेदवार रहेका अन्य काउन्सिलको परिणाम आउनेक्रम जारी छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा