
लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनको परिणाम आउने क्रम जारी छ । कतिपय काउन्सिलको मतगणना राति नै सम्पन्न भएको छ भने कतिको आज बिहान मात्र शुरु हुँदैछ ।
यो समाचार तयार पार्दैगर्दा प्राप्त नेपालीमूलका उम्मेदवारहरुको नतिजा यसप्रकार छ ।
लक्ष्यबहादुर गुरुङ पुननिर्वाचित

लण्डन बोरो अफ बार्नेटका पूर्व उपमेयर लक्ष्यबहादुर गुरुङ काउन्सिलर पदमा पुन निर्वाचित भएका छन् । एज्वेरबरी वडाबाट कञ्जरभेटिभ पार्टीका उम्मेदवार रहेका उनले १ हजार ६९१ मतसहित निर्वाचित भएका छन् । दुई जना निर्वाचित हुने सो वडाबाट उनीसँगै कञ्जरभेटिभ पार्टीकै अर्का उम्मेदवार पनि विजयी भएका छन् ।
कमल गुरुङ निर्वाचित

बार्नेट काउन्सिलमै पहिलोपटक काउन्सिलरका उम्मेदवार बनेका कमलबहादुर गुरुङले जितेका छन् । ब्रन्टोक वडाबाट उम्मेदवार बनेका उनले २ हजार ३७७ मत पाए । उनी लेबर पार्टीबाट उम्मेदवार थिए । दुई जना निर्वाचित हुने सो वडाबाट लेबर पार्टीकै अर्का उम्मेदवारले जितेका छन् ।
विष्णुबहादुर गुरुङको ह्याट्रिक

लण्डन बोरो अफ हाउन्स्लोका मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भएका छन् । ह्यानवर्थ पार्क वडाबाट उम्मेदवार रहेका उनी १ हजार ३७ मत पाएर निर्वाचित भएका हुन् । उनी लेबर पार्टीबाट उम्मेदवार थिए ।
भीम सारु र सुमन पुन उपविजेता
रसमुर काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको उम्मेदवार रहेकी सुमन पुनले जित हासिल गर्न सकिनन् । कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार रहेकी उनले ७३० पाइन् भने लेबर पार्टीका उम्मेदवार क्लाइभ प्याट्रिक ग्राटनले १ हजार ८ मतसहित जित हासिल गरे ।
यसैगरी बेडवर्थ र ननिटन काउन्सिलमा बारपुल वडाबाट उम्मेदवार बनेका भीम सारु पनि जित हासिल गर्न चुकेका छन् । लेबर पार्टीबाट उम्मेदवार रहेका उनले ५६६ मत पाए भने कञ्जरभेटिभ पार्टीका उम्मेदवार जेमी मारिक हार्टसन ६५२ मत पाएर निर्वाचित भए ।
नेपाली मूलका उम्मेदवार रहेका अन्य काउन्सिलको परिणाम आउनेक्रम जारी छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी