
लण्डन । बैँक अफ इङ्ग्ल्याण्डले फेरि ब्याजदर बढाएको छ ।
बेलायतको केन्द्रीय बैँकले आज यसअघि शून्य दशमलब ७५ प्रतिशत रहेको आधारभूत ब्याजदर बढाएर १ प्रतिशत पुर्याएको छ ।
यो ब्याजदर सन् २००९ यताकै उच्च हो भने गत डिसेम्बर महिनायताको लगातार चौथोपटकको वृद्धि पनि हो ।
नयाँ ब्याजदरका कारण करिब २० लाख घरधनीहरुलाई तत्काल असर पर्नसक्ने बीबीसीले जनाएको छ ।
बैँक अफ इङ्ग्ल्याण्डका गभर्नर आन्ड्रयु बेलीले एकातिर उच्च मुद्रास्फिति र अर्कोतर्फ बाह्य प्रभावका कारण खुम्चिएको अर्थतन्त्रका कारण आफूहरु साँघुरो बाटोमा हिँड्नु परेको बताएका छन् ।
बेलायतमा कार्यरत चार्टर्ड फाइनान्सियल एडभाइजर मीन दर्लामी ब्याजर दर वृद्धि अझै हुने र यो आर्थिक वर्षको अन्त्य सम्ममा करिब २.२५ प्रतिशतसम्म पुग्नसक्ने बताउँछन् । ब्याजदर वृद्धिले तत्कालमा असर नदेखिए पनि केही महिनापछि प्रभाव देखिने उनको भनाइ छ ।
अहिले नै बैँकहरुले केन्द्रीय बैँकले तोकेकोभन्दा उच्च दर करिब २ प्रतिशत ब्याज दरमा मात्र ऋण दिन थालेको दर्लामीले जानकारी दिए । “पाँच महिनाअघिसम्म ०.९८ प्रतिशतमा ऋण निकालेका थियौँ । अहिले २ प्रतिशतभन्दा कममा कसैले लगानी गर्न मान्दैनन्”, उनले भने ।
प्रोपर्टी मार्केटमा प्रोपर्टीको संख्या नै मागभन्दा कम भएका कारण अहिले ब्याजदर वृद्धिले त्यति असर नदेखिएको उनको धारणा छ । तर एकातिर मुद्रा स्फिति यस वर्षको अन्त्यसम्ममा १०.५ प्रतिशतसम्म पुग्ने आँकलन रहेको र अर्कोतर्फ ब्याजदर बढ्दै जाँदा प्रोपर्टी मार्केटमा पनि असर देखिने उनको विश्लेषण छ ।
दर्लामीले ब्याजर दर र मुद्रा स्फिति बढ्दै गएकाले बेलायतमा रहेका नेपालीहरुलाई अत्यावश्यकबाहेकका कार्यमा खर्च गर्नुअघि सोच्न सुझाव दिन्छन् । “होशियारीपूर्वक खर्च गर्न थाल्नु आवश्यक छ किनभने आगामी दिनमा सबै सामानको मूल्य अझै बढ्दै जाने देखिन्छ”, उनले भने ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी