
लण्डन । बेलायतको स्थानीय चुनावमा उम्मेदवार रहेका एक नेपाली मूलका उम्मेदवारको प्रचारमा बेलायतका अर्थ मन्त्रीसमेत सहभागी भएका छन् ।
यही मे ५ मा सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनमा नर्थ योर्कसायर काउण्टी अन्तर्गतको हिप्सवेल तथा कोल्बर्न डिष्ट्रिट काउन्सिलमा काउन्सिलरको उम्मेदवार रहेका डा. जगन्नाथ शर्माको प्रचारमा बेलायतका अर्थ मन्त्री ऋषि सुनक सहभागी भएका हुन् ।
शर्मा बेलायतको सत्तारुढ दल कञ्जरभेटिभ पार्टीको तर्फबाट उम्मेदवार छन् ।
निर्वाचन अभियानलाई तीव्रता दिने क्रममा शुक्रबार बेलायती अर्थ मन्त्री सुनकले शर्मासँग हिप्सवेल्ल र कोल्बर्नमा घरदैलो गरेका थिए । सो क्रममा उनले शर्माको लागी स्थानीयबासीहरुसित भोट अपील गर्नुका साथै मतदाताको विचार, भावना, स्थानीय समस्याबारे पनि जानकारी लिएका थिए ।
सो क्षेत्रको सांसद पनि सुनक आफैँ रहेका छन् ।
शुक्रबारको चुनावी अभियानमा अर्थमन्त्री सुनकसहित योकसायर काउण्टी लिडर कार लेस, काउन्सिलर साम गिब्सन, डा रेवेका, बिल ग्लोबर सहभागी थिए भने स्थानीय नेपाली समाज ब्रिटिश गोर्खा एण्ड नेपाली कम्यूनिटीका अध्यक्ष बिनीकुमार गुरुङ, महासचिव रामकृष्ण सुनार, एनआरएन यूकेका सचिव ज्ञानेंन्द्र आलेलगायत अन्य नेपालीहरुको उल्लेखनीय सहभागिता थियो । .
शर्माको जित उनको ब्यक्तिगत जीत मात्र नभएर नेपाल र नेपालीको प्रतिस्ठाको पनि विषय भएको भन्दै स्थानीय नेपाली समुदाय चुनावी अभियानमा सहभागी हुँदै आएको एनआरएनए युकेका सचिव ज्ञानेन्द्र आलेले बताए ।
शर्माले आफूले जीत हासिल गरेमा ज्येष्ठ नागरिकहरुको विशेष रेखदेख गर्ने, स्थानीय सड़क व्यवस्थित गर्ने, काउन्सिल ट्याक्स घटाउने बताए ।
शर्मा यसअघि पनि पटकपटक काउन्सिलर भइसकेका छन् भने उनले उपमेयर र मेयरको जिम्मेवारी पनि बहन गरिसकेका छन् ।


बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी