
लण्डन । बेलायती संसदभित्र अश्लील सामग्री हेरेको आरोप लागेका सांसदको नाम सार्वजनिक भएको छ ।
सत्तारुढ कञ्जरभेटिभ पार्टीका तर्फबाट टिभरटन एण्ड हनीटन निर्वाचन क्षेत्रका सांसद रहेका ६५ वर्षीय निल पेरिसलाई पदबाट निलम्बन गरिएको छ भने उनीमाथि लागेको आरोपका बारेमा संसदीय मर्यादा आयुक्तले छानविन शुरु गरेका छन् ।
उनीमाथि उनकै पार्टीका दुई जना सांसदले अश्लील सामग्री हेरेको आरोप गतसाता लगाएका थिए ।
उनले बीबीसीसित प्रतिक्रिया दिँदा आफूले अनुसन्धानलाई सघाउने बताएका छन् । उनलाई संसदबाट निलम्बन गरिए पनि संसदीय समितिमा भाग लिन भने नरोकिएको बताइएको छ ।
विपक्षी दलका सांसदहरुले सांसद पेरिसलाई राजिनामा दिन सुझाव दिएका छन् ।
विवाहित उनका, दुई सन्तान र दुई नातिनातिनासमेत छन् ।
बेलायती संसदमा यौन दुब्र्यबहारसम्बन्धमा पछिल्ला साताहरुमा धेरै चर्चा उठेका छन् । सरकारकामा मन्त्री रहेका, छायाँ सरकारमा मन्त्री रहेकासहित करिब ५० भन्दा बढी सांसदहरुमाथि यौन दुब्र्यबहारको आरोप लागेको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल