
लण्डन । नेपाली नर्सिङ एसोसिएसनले बेलायतमा कार्यरत नेपाली नर्सहरु र नेपाली समाजलाई लाभ पुग्ने विभिन्न कार्यक्रमहरु ल्याएको छ ।
एसोसिएनका अध्यक्ष सुनिता थापा गौतमका अनुसार एसोसिएसनले नेपलिज डक्टर्स एसोसिएसन युकेसित मिलेर यही अप्रिल ३० तारिखमा प्लमस्टिड, लण्डनमा स्वास्थ्य चेतना तथा परामर्श शिविर सञ्चालन गर्दैछ । रोयल ग्रीनिच नेपाली कम्युनिटीसितको सहकार्यमा प्लमस्टिड सेन्टरमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने सो शिविरमा वरिष्ठ चिकित्सकहरु र नर्सहरुसित सर्वसाधारणले स्वास्थ्य जाँच तथा परामर्श लिने अवसर पाउनेछन् ।
सो कार्यक्रममा मधुमेह, कोरोनाको समस्या, दाँतको हेरचाह, मानसिक स्वास्थ्य, मस्तिष्कघात, महिला स्वास्थ्य, एनएचएसको सेवा कसरी लिने, उच्च रक्तचाप, मुटुको समस्या लगायतका बारेमा चिकित्सक र नर्सहरुले जानकारी दिनेछन् । साथै नर्सहरुले रक्तचाप, ग्लुकोजको तह जाँच्ने छन् । सो शिविरमा एसोसिएसनकी अध्यक्ष गौतमका साथ सचिव बिनु लामिछाने, विमला शर्मा, रेखा सिटौला, सुनिता विष्ट भट्ट, सुशीला गैरे, अनिता खरेल, झरना अर्याल, ज्ञानु अधिकारी, राजेन्द्र पुडासैनी लगायतका नर्सहरु सहभागी हुने छन् ।
यस्तै, एसोसिएनले कोरोना महामारीपछि तनाव ब्यवस्थापनका लागि हरेक शनिबार योग शिविरको आयोजना गर्न शुरु गरेको छ । गत शनिबार २३ अप्रिलदेखि शुरु भएको सो शिविर एक वर्षसम्म चल्ने अध्यक्ष गौतमले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि ९ बजेसम्म भर्चुअल (जुम)बाट चल्ने सो योग शिविरमा सर्वसाधारणले पनि निशुल्क भाग लिन पाउने बताइएको छ । यसमा सहभागी हुन चाहनेहरुका लागि जुमको आइडी 482 820 1879 र पासवर्ड NNAUK22 रहेको छ । नेपालका पूर्व राष्ट्रिय बक्सिङ खेलाडीसमेत रहेका पुष्करराज पन्तले योगको कक्षा दिने छन् ।
यसैगरी, एसोसिएसनले आउने शनिबार (अप्रिल ३० तारिखदेखि) नेपाली नृत्य कक्षा पनि हरेक शनिबार बेलुका सञ्चालन गर्ने भएको छ । सो कक्षा करिब ६ हप्तासम्म सञ्चालन हुने बताइएको छ ।
योगा र नृत्यका कक्षाहरु नेपलिज नर्सिङ एसोसिएनको फेसबुक पेजबाट लाइभ प्रसारण पनि गरिने छ ।
एसोसिएसनले हालै स्कटल्याण्डमा रहेका नेपाली नर्सहरुलाई संगठित गरी नर्सिङ एसोसिएन गठन गरेको छ भने अब चाँडै नै उत्तरी आयरल्याण्ड र वेल्समा पनि नेपाली नर्सहरुलाई संगठिन गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो । यसैगरी, डेन्टल नर्सहलाई पनि सङ्गठित गर्नका लागि विशेष कार्यक्रम ल्याइने उहाँले थप्नुभयो । त्यस्तै संस्थाको सदस्यता लिनेहरुका लागि मे १२ देखि ६ महिनाका लागि सदस्यता शुल्कमा आधा छुट दिइने पनि उहाँले बताउनुभयो । अहिले एसोसिएसनको सदस्यता शुल्क ९९ पाउण्ड रहेको छ ।
एसोसिएसनले संस्थाका कार्यलाई अझै प्रभावकारी बनाउनका लागि विभिन्न सदस्यहरुलाई विभिन्न कामको संयोजन गर्ने जिम्मा दिएको छ । जसमा युकेमा रजिष्टर हुन चाहने नर्सहरुलाई जानकारी दिन अञ्जना खतिवडालाई संयोजक तोकिएको छ भने कोष संकलनमा राजेन्द्र पुडासैनी संयोजक, रविन्द्र कँडेल र श्रीजा डंगोल सदस्य रहेका छन् । सदस्यता विस्तारमा शिलु आचार्य संयोजक, सदस्यहरुमा धनमाया महर्जन र पार्वता कुँवर रहेका छन् भने वेलफेयर कोअर्डिनेटरमा ईन्दिरा बस्याल तोकिएका छन् ।
युकेमा कार्यरत नेपाली नर्सहरुको अनुभव समेटिएको सामग्री प्रकाशनका लागि श्रीजा डंगोल संयोजक, राजेन्द्र पुडासैनी, गंगा साम्पाङ र पार्वता कुँवर सदस्य तोकिएका छन् । अन्तर्राष्ट्रिय नर्सेज ग्रुपको संयोजकमा रस्मिता दर्लामी रहेकी छिन् । मिडिया र पर्सनल डेभलपमेण्टमा चित्रा सञ्जेल संयोजक, वेलविइङमा अध्यक्ष सुनिता गौतम संयोजक तोकिएका छन् ।
एसोसिएनले जुन महिनामा च्यारिटी डिनर पनि आयोजना गर्न लागेको छ ।
अध्यक्ष गौतमले नेपालबाट आएका नर्सहरुलाई एकतावद्ध गर्दै बलियो संस्था बनाउनका लागि एसोसिएनले विभिन्न कार्यक्रमहरु शुरु गरेको र सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा