
लण्डन । जनप्रगतिशील मन्च बेलायत र जापानले जनयुद्धका घाइते भक्तबहादुर रानामगरलाई आर्थिक सहयोग गरेका छन् ।
जनयुद्धका क्रममा मकवानपुरको झुरझुरेमा भएको भिडन्तमा दुवै खुट्टा गुमाएका उनको अवस्था नाजुक बन्दै गएपछि वीर अस्पतालमा उपचार भइरहेको छ ।
मगरलाई माओवादी केन्द्रको विदेशस्थित संगठन जनप्रगतिशील मञ्च बेलायत र जापान तथा प्रवास समितिका समितिका अध्यक्ष ओम शर्मा, सचिव टीबी पाठक र अच्युत फुयाल समेतले प्रदान गरेको सहयोगसमेत गरी जम्मा ४ लाख ५१ हजार ६८७ रुपैयाँ सोमबार हस्तान्तरण गरिएको छ ।
मगरको उपचारमा सहयोगका लागि बेलायतबाट १ लाख ३४ हजार २७०, जापानबाट ३ लाख ४ हजार ४१०, अच्युत फुयाँलबाट ३ हजार तथा शर्मा र पाठकबाट ५/५ हजार रुपैयाँ प्राप्त भएको थियो । सो रकम समितिका अध्यक्ष शर्मा, सचिव पाठक र जनप्रगतिशील मंच बेलायतका पूर्व अध्यक्ष सुरेश गौतमसहितको उपस्थितिमा परिवारलाई हस्तान्तरण गरिएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी