
लण्डन । अफगानिस्तानको लडाइँमा दुवै गोडा गुमाएका पूर्व गोरखा सैनिक हरि बुढामगर कृतिम खुट्टाको सहारामा सगरमाथा आधारशिविर पुगेका छन् ।
उनले सामाजिक सन्जालमा लेख्दै घुँडाभन्दा माथि खुट्टा गुमाएकाहरुमध्ये आफू नै सगरमाथा आधारशिविरसम्म पदयात्रा गर्ने पहिलो व्यक्ति भएको पनि बताएका छन् ।
उनले जेनियम ३ नाम गरेको कृतिम खुट्टाले सो पदयात्रा पूरा गरेका थिए । ‘कुनै कुरा असम्भव छैन’ भन्ने सन्देश उनले आधारशिविर पुगेर दिएका छन् । उनी सगरमाथा आरोहण गर्ने योजनामा पनि छन् ।
उनले आफूलाई सहयोग गर्ने सबैलाई आधारशिविरबाटै धन्यवाद पनि दिएका छन् ।
रोल्पा मिरुलमा बुढाले सन् २०१० मा अफगानिस्ताको हेल्मण्डमा खटिएको बेला दुश्मनको एम्बुसमा परेर दुवै गोडा घुँडाभन्दा माथि गुमाएका छन् । त्यसयता उनी बेलायतमा प्रेरणादायी प्रवचन दिने, साहसिक खेलमा सहभागी हुने, सामाजिक तथा व्यावसायिक कार्यमा सक्रिय छन् ।


बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी