
लण्डन । अफगानिस्तानको लडाइँमा दुवै गोडा गुमाएका पूर्व गोरखा सैनिक हरि बुढामगर कृतिम खुट्टाको सहारामा सगरमाथा आधारशिविर पुगेका छन् ।
उनले सामाजिक सन्जालमा लेख्दै घुँडाभन्दा माथि खुट्टा गुमाएकाहरुमध्ये आफू नै सगरमाथा आधारशिविरसम्म पदयात्रा गर्ने पहिलो व्यक्ति भएको पनि बताएका छन् ।
उनले जेनियम ३ नाम गरेको कृतिम खुट्टाले सो पदयात्रा पूरा गरेका थिए । ‘कुनै कुरा असम्भव छैन’ भन्ने सन्देश उनले आधारशिविर पुगेर दिएका छन् । उनी सगरमाथा आरोहण गर्ने योजनामा पनि छन् ।
उनले आफूलाई सहयोग गर्ने सबैलाई आधारशिविरबाटै धन्यवाद पनि दिएका छन् ।
रोल्पा मिरुलमा बुढाले सन् २०१० मा अफगानिस्ताको हेल्मण्डमा खटिएको बेला दुश्मनको एम्बुसमा परेर दुवै गोडा घुँडाभन्दा माथि गुमाएका छन् । त्यसयता उनी बेलायतमा प्रेरणादायी प्रवचन दिने, साहसिक खेलमा सहभागी हुने, सामाजिक तथा व्यावसायिक कार्यमा सक्रिय छन् ।


बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ