
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज हुनुभएको छ । काठमाडौँको वीर अस्पतालमा पाँच दिनसम्म टाउकोमा जमेको रगतको उपचारपछि आज साँझ डिस्चार्ज हुनुभएको हो ।
अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रतिक्रिया दिनुभयो । साथै उहाँले उपचारमा सहयोग गर्ने चिकित्सक, नर्स, अस्पताल प्रशासनलगायत सम्पूर्णलाई धन्यवादसमेत दिनुभयो ।
केही दिनअघि राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएको र एमआरआई गराउँदा टाउकोमा रगत जमेको देखिएपछि उहाँलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । ज्वरो र वान्ताका कारण स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच दिनसम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको मन्त्रीका स्वकीय सचिव हिमाङ्क भण्डारीले बताउनुभयो । मन्त्री रेग्मीलाई चिकित्सकले एक हप्ता निवासमै आराम गर्न सुझाव दिनुभएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]