
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग राजधानी किभमा वार्ता गरेका छन् ।
सो भ्रमण युक्रेनी जनतासँग ‘एकताको प्रदर्शन’ भएको बेलायतको प्रधानमन्त्रीको कार्यलय डाउनिङ स्ट्रिटले जनाएको छ । बैठकपछि, डाउनिङ स्ट्रिटले युक्रेनलाई सहयोग गर्न बेलायतले १२० गाडी र एन्टी–सिप मिसाइल प्रणाली पठाउने बताएको छ ।
जोनसनको किभ भ्रमणको अग्रिम घोषणा गरिएको थिएन । राष्ट्रपतिसँग उनको भेटको तस्बिर लन्डनस्थित युक्रेनी दूताबासले सार्वजनिक गरेको थियो ।
डाउनिङ स्ट्रिटका प्रवक्ताले भने, ‘प्रधानमन्त्री युक्रेनी जनतासँग ऐक्यबद्धता प्रकट गर्न राष्ट्रपति जेलेन्स्कीलाई व्यक्तिगत रूपमा भेट्न युक्रेन गएका छन् । ’
बैठक पछि एक विज्ञप्तिमा जोनसनले ‘राष्ट्रपति जेलेन्स्कीको दृढ नेतृत्व र युक्रेनी जनताको वीरता र साहस’को प्रशंसा गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनले बाधाहरूलाई अस्वीकार गरेको छ र रूसी सेनाहरूलाई किभको ढोकाबाट पछाडि धकेलिदिएको छ ।’
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने