कोलम्बो । श्रीलङ्कामा राजनीतिक संकट गहिरिएको छ । सरकारमा सबै मन्त्रीहरु र गभर्नरले राजिनामा दिएका छन् भने राष्ट्रपति गोटाबाया राजापाक्षेले देशका सबै राजनीतिक दलहरूलाई सरकारमा सहभागी हुन र राष्ट्रिय सङ्कटको समाधान खोज्न एकजुट भएर काम गर्न आमन्त्रण गरेका छन्।
आह्वानपत्रमा राष्ट्रपतिले वर्तमान सङ्कट धेरै आर्थिक र विश्वव्यापी चिन्ताको परिणाम भएको र देशको लोकतान्त्रिक प्रक्रियाभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् ।
श्रीलङ्का अहिले खाद्यान्न र इन्धन अभावको गम्भीर आर्थिक सङ्कटसँग लडिरहेको छ। कोभिड-१९ को महामारीको सुरुवातदेखि नै श्रीलंकाको अर्थतन्त्र धरापमा छ। अभावका कारण मानिसहरु आक्रोशीत छन् र उनीहरुको विरोधबाट उत्पन्न हुनसक्ने हिंसालाई विचार गरेर संकटकाल लगाइएको छ । यसैबीच, श्रीलङ्कामा शनिबार साँझ ६ बजे लगाइएको ३६ घण्टा लामो कर्फ्यू सोमबार बिहान ६ बजे हटाइएको थियो तर देश अझै पनि आपतकालीन अवस्थामा छ ।
सरकारले शनिबार फेसबुक, ट्विटर, इन्स्टाग्राम, व्हाट्सएप र यूट्यूब लगायतका सामाजिक मिडिया प्लेटफर्महरूको पहुँचमा रोक लगाएको थियो तर प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले यसको विरुद्धमा बोलेपछि आइतबार दिउँसो प्रतिबन्ध हटाइएको थियो।
यसअघि शनिबार भारतले श्रीलङ्कालाई ४० हजार मेट्रिक टन डिजेल पठाएको थियो । भारतले श्रीलङ्कामा विस्तार गरेको ५०० मिलियन तेल लाइन अफ क्रेडिट (एलओसी) को एक भागको रूपमा यो कोलोम्बोलाई पठाइएको इन्धनको चौथो खेप थियो।
यसबाहेक, भारतले पछिल्लो ५० दिनमा टापु राष्ट्रलाई करिब २ लाख मेट्रिक टन इन्धन आपूर्ति गरेको छ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी