अमेरिकी तेल भण्डारबाट ठूलो परिमाणमा तेल निकाल्न बाइडनको निर्देशन

US President Joe Biden speaks during remarks on the implementation of the American Rescue Plan in the State Dining room of the White House in Washington, DC on March 15, 2021. (Photo by Eric BARADAT / AFP)

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडनले रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभाव र इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिनुभएको छ ।

आउँदो छ महिनामा सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च १८ करोड ब्यारलसम्म तेल निकालिने अमेरिकी प्रशासनले जनाएको छ ।

यद्यपि दैनिक १० लाख ब्यारलको दरमा तेल निकालेर ऊर्जा सङ्कट समाधान नहुने विश्लेषकहरूले बताएका छन् । यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने बिश्लेषकहरूले बताइएका बीबीसीले उल्लेख गरेको छ ।

यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि तेल सङ्कट समाधानको एउटा सामान्य पहलस्वरूप बाइडेनले पछिल्लो कदम चाल्नुभएको हो ।

रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता भएको र रूसबाट तेल खरिद्मा प्रतिबन्धको घोषणा गरेसँगै अमेरिका, यूरोप लगायत विश्व बजारमा तेलको अभाव देखिएको र तेलको उच्च मागका कारण मूल्य वृद्धि भएको छ ।

यद्यपि कतिपय अमेरिकी सञ्चारमाध्यमले बाइडनको घोषणा लगत्तै बजार मूल्यमा केही प्रभाव परेको बताएका छन् । ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री