चिनियाँ प्रधानमन्त्री सी र बेलायती प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग शुक्रबार अपराह्न फोनवार्ता गर्नुभएको छ ।

चीन र बेलायतबीच राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको यो वर्ष ५० औँ वर्ष पुगेको उल्लेख गर्दै सीले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले केही उतार चढावका बाबजुद समग्रमा सम्बन्ध निरन्तर विस्तार भएको बताउनुभयो । दुई देश बीचको व्यापार ३०० मिलियन अमेरिकी डलरबाट बढेर १०० अर्ब डलर पुगेको छ । दुईतर्फी लगानी बजार झण्डै शून्यबाट बढेर ५० अर्ब डलर पुगेको सीले बताउनुभएको हो ।

गत वर्ष द्विपक्षीय व्यापार नयाँ उच्चमा पुगेको र बेलायतमा चीनको लगानी तीन गुणा बढेको फोनवार्तामा सीले बेलायती प्रधानमन्त्री जोन्सनसँगको कुराकानीमा बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “बेलायतको लगानीमा सञ्चालित उद्यमहरूले चीनको सुधार र खुलापनमा सक्रियतापूर्वक भाग लिएका छन् र लण्डन विश्वकै सबैभन्दा ठूलो व्यापार केन्द्र बनेको छ ।”

चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “दुई देशले विश्वव्यापी विकास र जलवायु परिवर्तन जस्ता क्षेत्रमा समन्वय र सहकार्य गरेका छन् र मानवताको साझा चुनौतीको सामना गर्न सकारात्मक योगदान दिएका छन् ।”

चीन र बेलायतको घरेलु अवस्था र विकासका विभिन्न पाटाहरु रहेको उल्लेख गर्दै दुई पक्षले रणनीतिक र दीर्घकालीन दृष्टिकोण लिनुपर्ने, एक अर्काको सम्मान गर्नुपर्ने, खुला र समावेशी मानसिकता राख्नुपर्ने, संवाद र सम्प्रेषणलाई बढावा दिनुपर्ने र पारस्परिक हितकारी सहयोग विस्तार गर्नुपर्ने राष्ट्रपति सीले बताउनुभयो ।

सीले चीन बेलायतसँग खुलस्त, खुला र समावेशी ढंगले वार्ता र सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । बेलायती पक्षले चीन र चीन–बेलायत सम्बन्धलाई वस्तुनिष्ठ र निष्पक्ष दृष्टिकोणले हेर्ने र द्विपक्षीय सम्बन्धको निरन्तर विकासलाई बढावा दिनेतर्फ चीनसँग सहकार्य गर्ने आशा उहाँले व्यक्त गर्नुभयो ।

यसैबीच, जोन्सनले बेलायत र चीनको सम्बन्ध आफ्नो लागि, अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको राष्ट्रपति स्रोतले बताएको छ । बेलायत र चीनबीचको व्यापार ह्वात्तै बढ्दै गएको छ । बेलायतका चिनियाँ विद्यार्थी अन्य कुनै पनि युरोपेली मुलुकका विद्यार्थीभन्दा बढी छन् । जसले बेलायत निकै गौरवान्वीत रहेको उहाँले बताउनुभयो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्का दुई स्थायी सदस्य, बेलायत र चीनले धेरै विषयहरूमा साझा चासो बाँडेका छन् र धेरै कुरामा एक अर्कासँग काम गर्न सक्न प्रधानमन्त्रीे जोन्सनले बताउनुभयो ।

बेलायत चीनसँग इमानदार वार्ता गर्न, द्विपक्षीय आदान–प्रदान र सहयोगलाई सुदृढ पार्न, द्विपक्षीय आर्थिक तथा व्यापार सहयोग विस्तार गर्न र जलवायु परिवर्तन र जैविक विविधताजस्ता विश्वव्यापी विषय तथा क्षेत्रीय हट स्पटहरूमा सञ्चार तथा समन्वयलाई गहिरो बनाउन इच्छुक भएको पनि जोन्सनले बताउनुभएको छ ।

दुई नेताहरूले यूक्रेनको अवस्थाबारे पनि विचार आदानप्रदान गरेका बताइएको छ । उक्त अवसरमा चीनको सिद्धान्त र अडानको व्याख्या गर्दै अन्तर्राष्ट्रिय समुदायले साँच्चिकै शान्ति वार्तालाई बढावा दिनुपर्छ, यूक्रेन मुद्दाको राजनीतिक समाधानका लागि परिस्थिति सिर्जना गर्नुपर्छ र यूक्रेनको प्रारम्भिक मितिमा शान्तिमा फर्कन जोड दिनुपर्छ भन्ने कुरामा सीले जोड दिनुभएको थियो । यस सन्दर्भमा चिनियाँ पक्ष रचनात्मक भूमिका निर्वाह गरिरहन तयार रहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री