लण्डन । गायक तथा कलाकार प्रकाश सपुतलाई जनयुद्ध र महिला समुदायमाथि प्रहार गरिएको भन्दै गीत यूट्यूबबाट हटाउन जनप्रगतिशील मंच बेलायतले आग्रह गरेको छ ।
मंचका अध्यक्ष मानबहादुर गुरुङ र महासचिव विमला लिम्बूद्वारा जारी विज्ञप्तिमा गीत संगीतले समाज विकासमा खेलेको सकारात्मक भूमिकाप्रति सम्मान व्यक्त गर्दै सपुतद्वारा हालै सार्वजनिक गरिएको गीतको भिडियोमा जनयुद्ध र महिलालाई गलत रुपमा प्रस्तुत गरिएकोमा आपत्ति व्यक्त गरिएको छ ।
”जनयुद्धबाट राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता, उत्पीडित वर्ग /समुदायको समानुपातिक सहभागिता लगायतका अग्रगामी परिवर्तनहरुको संवैधानिक ब्यबस्था सम्भव भएको कुरा कसैबाट छिपेको छैन”, विज्ञप्तिमा भनिएको छ । समाज परिवर्तन र विकास जादुको छडी जस्तो छिटो नभई केही संघर्ष र लामो समय लाग्ने स्मरण गराउँदै विज्ञप्तिमा केवल व्यक्तिगत स्वार्थ तथा फाइदाको लागि परिवर्तनका आयामहरुलाई बदनाम गराउन खोज्नु पश्चगामी सोच भएको बताइएको छ ।
सपुतको गीत र भिडियोमा अनपेक्षित गलत बिम्बको रुपमा पितृसतात्मक अहंकार प्रस्तुत गरिएको तथा नारी अस्मितामा नाङ्गो प्रहार गर्न खोजिएको विज्ञप्तिमा आरोप लगाइएको छ ।
जनयुद्ध तथा जनताको नेतृत्वमा भएका परिवर्तनलाई बदनाम गरी स्वार्थको रोटी सेक्ने, निजि प्रचार तथा ब्यापार बढाउने अधिकार कसैलाई नभएको र उक्त सामग्री आत्मालोचनाका साथ तत्काल हटाउन पनि माग गरिएको छ ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी