लण्डन । गायक तथा कलाकार प्रकाश सपुतलाई जनयुद्ध र महिला समुदायमाथि प्रहार गरिएको भन्दै गीत यूट्यूबबाट हटाउन जनप्रगतिशील मंच बेलायतले आग्रह गरेको छ ।
मंचका अध्यक्ष मानबहादुर गुरुङ र महासचिव विमला लिम्बूद्वारा जारी विज्ञप्तिमा गीत संगीतले समाज विकासमा खेलेको सकारात्मक भूमिकाप्रति सम्मान व्यक्त गर्दै सपुतद्वारा हालै सार्वजनिक गरिएको गीतको भिडियोमा जनयुद्ध र महिलालाई गलत रुपमा प्रस्तुत गरिएकोमा आपत्ति व्यक्त गरिएको छ ।
”जनयुद्धबाट राजतन्त्रको अन्त्य, धर्मनिरपेक्षता, उत्पीडित वर्ग /समुदायको समानुपातिक सहभागिता लगायतका अग्रगामी परिवर्तनहरुको संवैधानिक ब्यबस्था सम्भव भएको कुरा कसैबाट छिपेको छैन”, विज्ञप्तिमा भनिएको छ । समाज परिवर्तन र विकास जादुको छडी जस्तो छिटो नभई केही संघर्ष र लामो समय लाग्ने स्मरण गराउँदै विज्ञप्तिमा केवल व्यक्तिगत स्वार्थ तथा फाइदाको लागि परिवर्तनका आयामहरुलाई बदनाम गराउन खोज्नु पश्चगामी सोच भएको बताइएको छ ।
सपुतको गीत र भिडियोमा अनपेक्षित गलत बिम्बको रुपमा पितृसतात्मक अहंकार प्रस्तुत गरिएको तथा नारी अस्मितामा नाङ्गो प्रहार गर्न खोजिएको विज्ञप्तिमा आरोप लगाइएको छ ।
जनयुद्ध तथा जनताको नेतृत्वमा भएका परिवर्तनलाई बदनाम गरी स्वार्थको रोटी सेक्ने, निजि प्रचार तथा ब्यापार बढाउने अधिकार कसैलाई नभएको र उक्त सामग्री आत्मालोचनाका साथ तत्काल हटाउन पनि माग गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा