काठमाडौँ । ललितकला क्षेत्रका विज्ञ तथा अग्रज कलाकारहरुले राष्ट्रिय विभूति अरनिकोका बारेमा धेरै खोज तथा अनुसन्धान जरुरी रहेको बताउनुभएको छ । उनको आकृतिकै बारेमा पनि कलाकारले कल्पनाका आधारमा बनाउने गरेकाले यही नै मुहार हो भन्न सकिने अवस्था छैन । जन्मस्थान लगायतका धेरै गतिविधि अझै पनि यकिन भन्न सकिने अवस्था छैन । यद्यपि केही कुराहरु भने बाहिर आएका छन् ।
कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको । कतिपयले उनको जन्म पाटनमा भएको उल्लेख गरेका छन् ।
अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ (कसैकसैले १२४४ भन्ने गरेका) मा पाटनमा जन्मिएका थिए भन्ने छ । मृत्यु भने १३०६ मा भएको थियो । पछि राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको कलाकारहरु स्मरण गर्नुहुन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्नुहुन्छ, “अरनिकोलाई चिन्ने कसरी रु उहाँको चित्र कल्पनामा मात्रै बनाउन सक्छौँ, प्रतिभालाई ध्यानमा राखेर सिर्जना गर्नु परिसकेको छ ।” उहाँले अरनिकोका बारेमा धेरै खोज जरुरी रहेको पनि औँल्याउनुभयो ।
विगतमा हुलाक टिकटमा राख्ने चित्र बनाउँदा पनि वर्तमान परिवेशमा चिन्न सक्ने गरी बनाएको उहाँले स्मरण गर्नुभयो । अरनिकोको विषयमा धेरै मानिस अनभिज्ञ रहेको उल्लेख गर्दै कला क्षेत्रका एक अध्येता सञ्जय शाक्य धेरै अध्ययन अनुसन्धान गर्न बाँकी नै रहेको बताउनुहुन्छ ।
आज मार्च ११ अर्थात् अरनिको स्मृति दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उहाँको सम्झनामा विशेष कार्यक्रम आयोजना गरी स्मरण गरेको छ । सोही अवसरमा आजदेखि पाँचदिने परम्परागत हस्तकला प्रदर्शनीसमेत सुरु भएको छ ।
अरनिको प्यागोडाशैलीको मन्दिर निर्माणमा पोख्त थिए । उनले निर्माण गरेको श्वेत चैत्य चीनको बेइजिङमा पर्यटकको आकर्षणको केन्द्रविन्दु भएर रहेको छ । नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका थिए ।
नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा भएको आजको उक्त कार्यक्रमका संयोजक धर्मराज शाक्यले अब प्रतिष्ठानबाट अरनिकोका बारेमा थप अध्ययन र अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार आज नेपालीहरुले गौरव गर्ने दिन भएको उल्लेख गर्दै जसरी सगरमाथा, वीर गोर्खाली र बुद्ध जन्मेको देश भनेर गर्व गरिन्छ, त्यसरी अरनिको जन्मेको देश भनेर गर्व नगर्नु दुःखद हो भन्नुहुन्छ ।
कलाकार कालु कुमालेको प्रमुख आतिथ्यतामा भएको उक्त समारोहमा नेपाल हस्तकला महासङ्घका उपाध्यक्ष राजमान बज्राचार्य, प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरे लगायतले अरनिकोका विषयमा धारणा राख्नुभएको थियो ।
प्रतिष्ठानले अरनिको स्मृति दिवसका अवसरमा आज कलाकार कुमालेलाई सम्मान गरेको छ । नेपाली ललितकलाको क्षेत्रमा उहाँले गरेको योगदानको स्मरण गर्दै प्रतिष्ठानले उहाँलाई सम्मान गरेको हो ।
प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उहाँलाई दोसल्ला ओढाई कदरपत्रसहित सम्मान प्रदान गर्नुभयो । क्रोधकलाका सिद्धहस्त कुमाले वृद्धावस्थामा समेत आफ्नो कलाकारितालाई निरन्तरता दिइरहनुभएको छ ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान