स्टकहोल्म। रुसी आक्रमणबाट यूक्रेनमा झण्डै एक लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मङ्गलबार जनाएको छ । विस्थापितमध्ये लाखौँ मानिसहरू यूरोपतर्फ शरणार्थीका रूपमा पलायन भएका बताइएको छ ।
“छिमेकी देशहरूमा भाग्नेहरूको सङ्ख्यालाई बढी ध्यान दिइएको छ, तर यो सम्झनु महत्वपूर्ण छ कि सबैभन्दा ठूलो सङ्ख्या यूक्रेनभित्र नै विस्थापित अवस्थामा रहेका छन्,” यूक्रेनका लागि
यूएनएचसीआर प्रतिनिधि कारोलिना लिन्डहोम बिलिङले स्टकहोममा संवाददाताहरूसँग बताउनुभयो ।
“यूक्रेनभित्र विस्थापित मानिसहरूको संख्याबारेमा हामीसँग अझै भरपर्दो तथ्याङ्क छैन, तर हाम्रो अनुमानमा लगभग दश लाख व्यक्ति आन्तरिकरूपमा विस्थापित छन् । आक्रमण क्षेत्रबाट भागेका मानिसहरूले ठाउँठाउँमा खुला आकाशमुनि रात बिताएका छन् भने केहीले यूक्रेनबाट बाहिरिने आशमा रेल, बस वा कारमा यात्रा गरिरहेका छन् ।”
यूएनएचसीआरले हाल युद्धग्रस्त देशको सिमानाभित्र सहायता बढाउन प्रयास गरिरहेको छ ।
विस्थापित जनतालाई बास वा खुवाउनु पर्ने आवश्यकता उल्लेख गर्दै उहाँले भन्नुभयो, “वास्तवमै यूक्रेनमा मानवीय सहयोगको आवश्यकता छ ।”
जेनेभामा युएनएचसीआरले दिएको रिपोर्टमा छ लाख ६० मानिसहरू यूक्रेनबाट छिमेकी देशहरूमा भागिसकेका छन् । उक्त तथ्याङ्क ‘तीव्र गतिमा’ बढिरहेको यूएनएचसीआरले जनाएको छ ।
प्रवक्ता शाबिया मान्टुले संवाददाताहरूसँग भन्नुभयो, “अहिले हामीसँग सम्पर्कमा आएका छ लाख ६० हजारभन्दा बढी शरणार्थीहरू छन् जो विगत छ दिनमा मात्रै युक्रेनबाट छिमेकी देशहरूमा भागेका हुन् ।”
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]