काठमाडौँ । युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ ।
एनआरएनएले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका ३८ नेपाली राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको र पछिल्लो विकसित घटनाक्रमबीच पनि उनीहरु सबै सकुशल रहेको जनाइएको छ ।
विज्ञप्तिमा ३८ जनाबाहेक पनि युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दाबढी नेपाली रहेको जानकारी प्राप्त भएकाले त्यहाँस्थित सबै नेपालीलाई आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनसमेत अनुरोध गरिएको छ । साथै युक्रेनमा रहेका सबै नेपालीलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्याङ्कन गरी आवश्यक परे स्वदेश फर्कनसमेत एनआरएनएले आग्रह गरेको छ ।
एनआरएनएले युक्रेनमा सम्पर्कका लागि राष्ट्रिय समन्वय परिषद् युक्रेनका अध्यक्ष हरि मल्ल सम्पर्क नम्बर + ३८०९३४३४७७०० र नेपालस्थित सङ्घको सचिवालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी