अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपालको वरियता यथावत

काठमाडौं ।आईसीसीले टी-२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । सोमवार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ । १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेको हो ।

भारत टी-२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी-२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।

वरीयताको दोस्रो स्थानमा इंग्ल्यान्ड छ । तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौंमा दक्षिण अफ्रिका, छैटौंमा अस्ट्रेलिया, सातौंमा वेस्ट इन्डिज, आठौंमा अफगानिस्तान, नवौंमा श्रीलंका र १०औंमा बंगलादेश छ ।
वरीयतामा एसोसिएटतर्फ भने सयुक्त अरब इमिरेट्स (यूएई) शीर्ष स्थानमा छ । यूएई वरीयताको १२औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री