लण्डन । बेलायतको फार्नब्रो क्षेत्रबाट हराएका हुम गुरुङको खोजीमा सहयोग गर्न स्थानीय ह्याम्पसायर प्रहरीले सर्वसाधारणलाई अपील गरेको छ ।
शुक्रबार राति प्रहरीले एक सूचना जारी गरी सो अनुरोध गरेको हो ।
प्रहरीका अनुसार ७४ वर्षीय गुरुङ शुक्रबार बिहान ११:३० बजे कासवेल क्लोजमा अन्तिमपटक देखिएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
प्रहरीले दिएको हुलियाअनुसार गुरुङ करिब साढे पाँच फुट उचाइ भएका, कपाल फुलेका, दाह्रीजुँगा काटेका, पुट्ट भुँडी निस्केका छन् । उनले कालो सुरुवाल, खैरो लामो बाहुला भएको ज्याकेट, खैरो टिसर्ट र कालो बेसबल क्याप लगाएको हुनसक्ने बताइएको छ । उनले कालो झोला बोकेको बताइएको छ।
प्रहरीले उनको अवस्थाका बारेमा चिन्ता प्रकट गरेको छ ।
उनले काठको लौरो र हरियो सानो तौलिया बोकेको हुनसक्ने प्रहरीले बताएको छ । उनले कमै मात्र अंग्रेजी बोल्ने र प्राय बसमा यात्रा गर्ने बताइएको छ ।
प्रहरीले उनको बारेमा जानकारी भए १०१ वा ९९९ मा फोन गरी रिफरेन्स नम्बर १८१९ उल्लेख गरी जानकारी दिन अनुरोध गरेको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?