वासिङ्टन । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३ हजार सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ।
ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय” आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछ।
मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ। राष्ट्रपतिको निर्देशनमा अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२ औं एयरबोर्न इन्फन्ट्री ब्रिगेड कम्ब्याट टोलीका बाँकी ३ हजार सिपाहीहरूलाई पोल्याण्ड पठाउन आदेश दिएको एक प्रवक्ताले शुक्रबार स्पुतनिकलाई इ-मेल गरेको विज्ञप्तिमा उल्लेख छ।
सेनाहरू अर्को दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको शुरुमा खटाइएको स्थानमा पुग्ने अपेक्षा गरिएको छ।
एयरबोर्न सिपाहीहरूको यो दोस्रो समूह पोल्याण्डमा जाँदै छ । उनीहरु यसअघि पठाइएका १ हजार सिपाहीहरूसँग सम्मिलित हुनेछन् । अस्टिनले जर्मनीमा अर्डर गरेको १८ औं एयरबोर्न कोर्प्स मुख्यालय ३०० सदस्यहरू पनि देशमा आइपुगेका छन् ।
‘पाँच हजार अतिरिक्त मोबाइल र फ्लेग्जिबल कर्मचारीहरू तैनाथ गरेर पेन्टागनले नाटो सहयोगीहरूलाई गठबन्धनको पूर्वी भाग विरुद्ध सम्भावित आक्रमणलाई रोक्नको लागि आफ्नो प्रतिबद्धतामा आश्वस्त पार्छ’, विज्ञप्तिमा थपिएको छ।
यसैबीच, रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले शुक्रबार अमेरिकी निर्णयमाथि टिप्पणी गर्दै ह्वाइट हाउसको उन्माद पहिलेभन्दा बढी भएको सङ्केत भएको बताइन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण