
सिड्नी । अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरुका लागि सिमा नाका फेरि खुल्ला गर्ने भएको छ । यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरुलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्कट मोरिसनले सोमबार जानकारी दिनुभएको छ ।
कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरुलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिवन्धात्मक व्यवस्था खुकुलो बनाउदै लगेको हो । अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिवन्धात्मक व्यवस्थाहरु लागु गरेको देशमा पर्दछ ।
“झण्डै दुई वर्षपछि विदेशबाट आउने पर्यटकहरुलाई प्रवेश दिने निर्णय भएको हो,” प्रधानमन्त्री मोरिसनले भन्नुभयो । राष्ट्रिय सुरक्षा सम्वन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सबै प्रकारका प्रवेश आज्ञा पाएकाहरुलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यदी तपाईहरु कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईलाई अष्ट्रेलिया आउन आमन्त्रण गर्दछौं ।”
प्रधानमन्त्री मोरिसनले कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले सन् २०२० को मार्चदेखि विदेशबाट पर्यटकहरु आउन नदिने निर्णय गरिएको बताउनुभयो । त्यसपछि निरन्तर कोरोनाभाइरस विरुद्ध लडिरहनु परेकाले अहिलेसम्म पर्यटकहरुका लागि खुल्ला गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो ।
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?