कर्णाली। कर्णाली प्रदेश समाज दक्षिण कोरियाको अध्यक्षमा दैलेखका गणेशप्रसाद कोइराला सर्वसम्मत चयन हुनुभएको छ । समाजको मङ्गलबार भर्चुअलमार्फत भएको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा जाजरकोटका सुदीप रावत तथा उपाध्यक्षमा धर्मराज शाही (दैलेख), रितुराज रिजाल (सुर्खेत), आनन्द थापा (सल्यान) र लक्ष्मण दाहाल (मुगु) सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै महासचिवमा तिलक हमाल ठकुरी (सुर्खेत), सचिवमा हरि थापा (जुम्ला) र नेपाल कार्की (जाजरकोट), कोषाध्यक्षमा भानु मगर (रुकुमपश्चिम) तथा सहकोषाध्यक्षमा टरसिङ पुन (सल्यान) चयन हुनुभएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार २६ सदस्यीय कार्यसमितिले विदेशमा रहेर काम गर्ने नेपालीको हित र कर्णाली प्रदेशको सामाजिक कार्यमा सहयोग पुर्याउने छ ।
समाजको कार्यसमिति सदस्यमा क्रमशः हरिभक्त ओली (सल्यान), प्रेम बिसी (सुर्खेत), लक्ष्मण शर्मा (दैलेख), वीरेन्द्र गिरी (सुर्खेत), कलम कार्की (दैलेख), हिक्मत शाही (कालिकोट), कमल भण्डारी (सल्यान), भक्ति आचार्य (दैलेख), बिष्णु रखाल (सल्यान), हिक्मत चौलागाईँ (कालिकोट), लालप्रसाद बुढा (जुम्ला), दीपक बुढाथोकी (सल्यान), नवराज डागर (मुगु), अमृत कार्की (मुगु) र शेरबहादुर बुढा (डोल्पा)लाई चयन गरिएको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?