अमेरिकामा रहेका अफगान दूतावास बन्द गरिने

काबुल। संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञहरूलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ।
यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताएअनुसार लस एन्जलस र न्यूयोर्कमा रहेको अफगान वाणिज्य दूतावासहरू पनि बन्द हुनेछन् । अमेरिकामा रहेका अफगान कूटनीतिज्ञहरूलाई यस हप्ताको शुरुमा एक मेमोमार्फत उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसिएको सूचित गर्दै जानकारी दिइएको थियो।
अल अरेबियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै अफगान मिसन वा यसका कर्मचारीहरूको स्थितिमा कुनै परिवर्तन नभएको बताएको छ।
यद्यपि, एक अज्ञात कूटनीतिज्ञले अल अरबियालाई भने, “उनीहरूले त्यहाँ दूतावास र वाणिज्य दूतावासको मिसनहरू बन्द हुने बताएका छन् ।”
अफगानिस्तानबाट अमेरिकी फिर्ती र तालिवानद्वारा काबुल नियन्त्रणपछि वाशिंगटनको यो कदम छ करिब महिनापछि आएको हो।
तालिबानलाई संयुक्त राज्य अमेरिकासहित धेरै अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री