लिस्बन। पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टी नै विजयी भएको छ । प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको पार्टीले ९२.६ प्रतिशत मत गणना गर्दासम्म ४२.१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ ।
अहिलेसम्मको नतिजानुसार अर्को पार्टीले जित्ने सम्भावना नरहेकाले त्यसैको जित सुनिश्चित भएको निर्वाचन आयोगले घोषणा गरेको हो । समाजवादी पार्टीलाई सामाजिक लोकतान्त्रिक पार्टीले पछ्याइरहेको पनि आयोगका अधिकारीले जनाएका छन् ।
आयोगले समाजवादी पार्टी नै विजयी हुने सुनिश्चित भएको घोषणा गरेपछि राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले नागरिकलाई बधाई दिनुभएको छ । उहाँले भत्रुभएको छ, “यो निर्वाचन हाम्रा लागि विशेष अवसर थियो, हामीले कडा मेहनत गरेर यसलाई सदुपयोग गरेका छौँ, सबैभन्दा सानो उमेरदेखि सबैभन्दा वृद्धसम्मलाई अब अझ राम्रो हुने भएको छ ।”
तत्कालीन संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि गत नोभेम्बरमा राष्ट्रपति सौसाले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुभएको थियो । बजेट पारित गर्न गत अक्टोबर २७ मा संसद्मा मतदान भएको थियो । सत्तारुढ गठबन्धनमा रहेको वामपन्थी दलले सहयोग नगरेपछि बजेट पारित हुन सकेको थिएन । त्यसपछि सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलको इतिहासमा आठौंँ पटक संसद् विघटन गरिएको हो । धेरैले कोभिड–१९ का महामारीबीच सम्पन्न अग्रिम निर्वाचनमा सत्तारुढ दललाई धक्का लाग्ने अनुमान गरे पनि मत परिणाम अनुमानभन्दा फरक आएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?