काठमाडौं । रोजगारीका लागि साउदी पुगेका ६ नेपाली युवा बिच्चलीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको छ।
विभिन्न कारणले अवैधानिक हैसियतमा पुगेका उनीहरुलाई संघको पहलमा स्वदेश फर्काइएको हो। संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा. बद्री केसीका अनुसार आवासीय अनुमतिपत्र नविकरण हुन नसक्दा उनीहरु साउदीमा बन्दी जीवन बिताउन बाध्य थिए।
भिसाविहीन भई अलपत्र परेका ताप्लेजुङका यज्ञप्रसाद विष्ट, सिन्धुपाल्चोकका एकराज तामाङ, झापाका मदनकुमार उप्रेती, काभ्रेपलाञ्चोकका शंकर विक,सप्तरीका जितेनकुमार मण्डल र सुनिलकुमार यादवलाई शुक्रबार बिहान उद्धार गरी स्वदेश फर्काइएको उनले बताए।
भनेजस्तो सेवासुविधा नपाएपछि उनीहरुले गर्दै आएको कम्पनी छोडेर अन्यत्र भागेका थिए। राम्रो कमाइ हुने प्रलोभनमा परी कम्पनी छोडेका उनीहरु त्यसपछि भने थप समस्यामा परेका थिए।
‘डेढ सालमा पनि ऋण तिर्न नसकेपछि घरबाट आमाबुवाले कराइरहे। अन्यत्र राम्रो कमाइ हुन्छ भनेर कम्पनी छोडेर भागियो। तर, उल्टै दुःख पाइयो,’ सप्तरीका जितेनकुमार मण्डलले भने। उनलाई साउदीमै रहेका झापाका दुर्गा नाम गरेका एजेण्टले प्रलोभन देखाएर कम्पनी छोड्न उक्साएका थिए।
‘नेपाली भनेर विश्वास गरिहालियो । तर, उल्टै ठग्यो। तीन महिनासम्मको तलब पनि दिएन,’ मण्डलले सुनाए, ‘आफै अवैध रुपमा बसेकोले तलब पाएन, दु:ख दियो भनेर कतै उजुरी गर्ने ठाउँ पनि थिएन। अन्त्यमा एनआरएनएका सरहरुले सहयोग गर्नुभयो।’
ताप्लेजुङका विष्टले भागेर काम गर्दा धेरै कठिनाइ भोग्नुपरेको बताए। उनी साउदी पुगेको १६ महिनापछि कम्पनी छोडेर भागेका थिए। ‘भागेर काम त पाइँदो रहेछ । तर, पैसा भने नपाइने। तलब माग्दा उल्टै धम्की दिँदा रहेछन्,’ विदेशमा रहेका अन्य नेपालीलाई कम्पनी नछोड्न सुझाव दिँदै विष्टले भने, ‘कोही पनि भागेर काम नगर्नुहोला। अवैध हुँदा धेरै दुःख पाइने रहेछ।’
संघका नेपालमा रहेका स्वंसेवकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गएर उनीहरुलाई स्वागत गर्दै घरसम्म जान यातायात खर्चको व्यवस्था समेत गरेका थिए।
एनआरएनएको यो विभागले दातृसंस्थाको सहकार्यमा कोभिड–१९ राहत, व्यवस्थापन तथा उद्धार कार्यक्रममार्फत विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्दै आएको छ। हालसम्म यो कार्यक्रममार्फत विदेशमा समस्यामा परेका २६ हजारभन्दा बढी नेपालीलाई विभिन्न सहयोग पुर्याइएको परियोजना प्रमुख सुजाता शर्माले बताइन्।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा