प्रख्यात बक्सर जोन राइडर एनआरएनए यूके र गोर्खाको लोगोसहित बक्सिङ प्रतियोगितामा भिड्ने

जोन राइडर

लण्डन । आगामी फेब्रुवरी १२ मा हुन गइरहेको एक ब्यावसायिक बक्सिङ प्रतिस्पर्धामा पूर्व वर्ल्ड बक्सिङ काउन्सिल (डब्ल्यूबीसी) सुपर मिडलवेट च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतीक लगाएर प्रतिनिधित्व गर्ने भएका छन् ।
बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्युबीसी च्याम्पिनयनशिप २०१९ का बिजेता हुन् ।
जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लासभेगास, अमेरिका तथा ओटु एरिना, लण्डनका बक्सिंग खेलहरुमा एनआरएनए युके र गोर्खाको ब्याज लगाएर खेलेका थिए।
राइडरका पूर्व प्रशिक्षक तथा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरसँगको सहकार्यमा राइडरले एनआरएनए यूके तथा गोर्खाहरुको प्रतीक चिन्ह लगाएर बक्सिङ खेलमा भाग लिन लागेका हुन् ।
३३ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी राइडरले आजसम्म भएका उच्चस्तरीय ३५ प्रतिस्पर्धाहरुमा भाग लिएका छन्। उनी बक्सिङ खेलमा विश्व परिचित छन्।
विगतमा झैं यसपटक पनि अध्यक्ष प्रेम गाहा मगरको अनुरोध तथा सहकार्यमा जोनले एनआरएनए यूके र गोर्खाहरुको प्रतीक चिन्ह लगाएर रिङमा भिड्दै छन्। हामीहरुलाई यसरी विश्वसामु परिचित गराउने जोन राइडरको योगदानलाई कदर गर्दै उक्त दिन लाइवमार्फत उनको प्रतिस्पर्धालाई हेर्नु भई हौसला प्रदान गर्न गैरआवासीय नेपाली संघ यूकेले अनुरोध गरेको छ ।
लण्डनको प्रसिद्द अलेक्जेण्डर प्यालेसमा राइडर र बक्सिङमा अर्का चमत्कार ज्याकोबबीच घमासान मुक्केवाजी हुनेछ । टिकट लिनका लागि यस लिंकमा जान सकिने छ।
१२ फेब्रुवरी दिउसो ४ बजे देखि रातिसम्म यो बक्सिङ्ग प्रतियोगिता LIVE on DA ZN (matchroom ) च्यानलद्वारा प्रत्यक्ष प्रशारण गरिने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री