बुर्किना फासो । बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सैनिकहरूले ‘हिरासतमा’ लिएका छन् । सुरक्षा अधिकारीहरूलाई उदृत गर्दै स्थानीय समाचार संस्थाहरूले राष्ट्रपति काबोरेलाई विद्रोही सिपाहीहरूले हिरासतमा लिएको जनाएका छन् ।
द्वन्द्वग्रस्त देश बुर्किना फासोमा केही दिनदेखि केही सैनिकले ब्यारेकभित्रै बिद्रोह गरिरहेका थिए । यसैबीच यहाँ सैनिक ‘कु’को हल्ला पनि चलिरहेको थियाे। आइतबार पनि राष्ट्रपति काबोरेको ओआगाडौगुस्थित घर नजिकै गोली चलेको थियो। सोमबार बिहानैदेखि उनको निवास आसपास हतियारले भरिएका सशस्त्र गाडीहरू देखिएको समाचार संस्थाहरूले जनाएका छन् । त्यहाँ रगतले लतपतिएको अवस्थामा एक जना मानिससमेत देखिएको उनीहरूले उल्लेख गरेका छन् ।
यहाँको सुरक्षा स्रोत र पश्चिम अफ्रिकी एक कूटनीतिज्ञले काबोरलाई सैन्य शिविरमा हिरासतमा राखेको जनाएका छन् । तर सरकारकाले भने आधिकारीक रुपमा कुनै टिप्पणी गरेको छैन । साथै ‘कू’सम्बन्धी विषय पनि अस्वीकार गरेको छ । ‘हामीले भर्खरै सैन्य अड्डा पार गर्यौं जहाँ काबोरलाई बन्दी बनाएको आरोप लगाइएको छ,’ पत्रकार हेनरी विल्किन्सले सोमबार औगाडोगुबाट भनेका छन्, ‘शहरको सावारी व्यवस्थापन समान्य छ । तर राष्ट्रपति भवन वरपरको सडकमा उच्च संख्यामा सैन्य कर्मचारीहरू छन्।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]