लण्डन । कास्की माछापुच्छ्रे गाउँपालिका -७, धम्पुस निवासी मिर्गौला सम्बन्धी रोगबाट पीडित ३८ वर्षीया कुमार विश्वकर्मालाई बेलायतबाट ९ लाख ८९ हजार रुपैयँ सहयोग पठाइएको हो ।
धम्पुस पोखरी घोताने परिवार यूकेको नेतृत्वमा संकलित सहयोग रकम गत मंगलबारका दिन पीडित विश्वकर्मालाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रम धम्पुस पोखरी गाउँको सुन्दर दृश्यहरु देखिने नर्थफेस भ्यू पोइन्टमा राखिएको थियो ।
अहिलेको कोरोना महामारीको विषम परिस्थितिमा सरकारको नीति नियमलाई पालना गर्दै उक्त कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका-७, धम्पुस गाउँको वडा अध्यक्ष समबहादुर गुरुङ, मेजर रिटायर्ड खुशीमान गुरुङ एमभीओ, धम्पुस परिवार यूकेका पूर्व अध्यक्ष अमर गुरुङ, पीडित कुमार विश्वकर्माको परिवार, बृद्ध आमाबुबाहरु साथै आमा समूहको कार्यसमिति र स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
बेलायतमा १७६ दाताहरुको नाम तथा सहयोगको सम्पूर्ण विवरण सहसचिव अमृत गुरुङले पढेर सुनाएपछि धम्पुस पोखरी घोताने परिवार यूकेका संरक्षक लेप्टेनेण्ट रिटायर्ड जसबहादुर गुरुङको बाहुलीबाट कुमार विश्वकर्मालाई औपचारिक रुपमा चेक रकम हस्तान्तरण गरिएको थियो ।
धम्पुस पोखरी घोताने परिवारका प्रथम उपाध्यक्ष ओमप्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार एवं पूर्व अध्यक्ष जगबहादुर गुरुङले स्वागत मन्तव्य तथा सचिव कुलबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
मृगौला पीडित कुमार विश्वकर्माको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी