प्याेङयाङ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीनले बिफल पारिदिएका छन् । उत्तर कोरियाले ऋृङखलावद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेका बेला उमाथि राष्ट्रसंघले लगाउने प्रतिबन्धलाई रसिया र चीनले बिफल पारिदिएका हुन् । राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकअघि अमेरिकी प्रस्तावलाई चीन र रसियाले बिफल पारिदिएको हो ।
उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको छ । उसले यो वर्ष मात्र चार ओटा आणविक परीक्षण गरेको थियो । उसले व्यालिस्टिक मिसाइलदेखि आवाजभन्दा चाँडो मार हान्ने हाइपरसेनिक मिसाइल परीक्षण गरेको छ । देशको मिसाइल कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीमाथि हालै प्रतिबन्ध लगाएको थियो ।
उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर पश्चिमेली मुलुकहरुले बिभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । तर प्रतिबन्धका बाबजुद उत्तरले आफ्ना आणविक गतिविधिलाई तीव्र पार्दै आएको छ ।
उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी