उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी प्रयास विफल

प्याेङयाङ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीनले बिफल पारिदिएका छन् । उत्तर कोरियाले ऋृङखलावद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेका बेला उमाथि राष्ट्रसंघले लगाउने प्रतिबन्धलाई रसिया र चीनले बिफल पारिदिएका हुन् । राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकअघि अमेरिकी प्रस्तावलाई चीन र रसियाले बिफल पारिदिएको हो ।

उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको छ । उसले यो वर्ष मात्र चार ओटा आणविक परीक्षण गरेको थियो । उसले व्यालिस्टिक मिसाइलदेखि आवाजभन्दा चाँडो मार हान्ने हाइपरसेनिक मिसाइल परीक्षण गरेको छ । देशको मिसाइल कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीमाथि हालै प्रतिबन्ध लगाएको थियो ।

उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर पश्चिमेली मुलुकहरुले बिभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । तर प्रतिबन्धका बाबजुद उत्तरले आफ्ना आणविक गतिविधिलाई तीव्र पार्दै आएको छ ।

उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री