लण्डन । ब्रिटिश गोरखाहरुको नेपाली नागरिकता निरन्तरताका बारेमा नेपालको संघीय संसदमा दबाब दिने उद्देश्यले सर्वदलीय संसदीय समिति गठन गरिएको छ ।
पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका सांसद शेरबहादुर तामाङको संयोजकत्वमा गठित सो समितिमा एमालेकै सांसदहरु यज्ञराज सुनुवार र जयकुमार राई, नेकपा माओवादी केन्द्रका सुदन किराँती र हेमकुमार राई, नेपाली काँग्रेसका सांसदहरु अधिवक्ता पुष्पा भुषाल, दिव्यमणि राजभण्डारी र पूर्वमन्त्री देवेन्द्रराज कँडेल रहका छन् ।
समितिका सदस्यहरुलाई ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता समितिका कानुनी सल्लाहकार अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले गोरखाहरुको समस्याका बारेमा जानकारी गराएका छन् ।
समितिका सदस्यहरुलाई ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता समितिका नेपाल संयोजक प्रेम बेघाले बधाई तथा शुभकामना ज्ञापन गरेका थिए ।
सो अवसरमा गोरखा कल्याणकारी समितिका उपाध्यक्ष क्याप्टेन हिमाल राईको पनि उपस्थिति थियो ।
सो समितिको यही जनवरी १७ का दिन पहिलो बैठक समेत बसेको छ । समितिले सबै राजनीतिक पार्टीहरुलाई गोरखा भूतपूर्व सैनिकहलाई नेपाली नागरिकताको निरन्तरताको पक्षमा वातावरण बनाउन भूमिका खेल्ने भएको छ । यसका लागि आवश्यक परे संविधान संशोधनसम्मको भूमिका खेल्ने सहमति भएको बेघाले जानकारी दिए ।
यसैगरी त्रिपक्षीय सन्धिबाट नेपालले गोरखा भर्तीवापत वर्षेनी पाउने २ लाख ५० हजार पाउण्डको खोजी गर्ने निर्णय भएको छ भने गोरखाहरुको पेन्सन सीधै नेपाल राष्ट्र बैँकमा ल्याउनका लागि अनुसन्धान गर्ने निर्णय भएको पनि बेघाले जानकारी दिए ।
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन