युरोपेली संसदमा सबैभन्दा कम उमेरकी अध्यक्ष

ब्रसेल्स । युरोपेली संसदको अध्यक्षमा माल्टाका रोबर्ट मेट्सोला निर्वाचित हुनुभएको छ ।

अनुदारवादी राजनीतिज्ञका रुपमा चिनिनुभएका मेट्सोला मङ्गलबार भएको निर्वाचनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यसअघिका अध्यक्ष डेभिड सासेलीको गत हप्ता निधन भएपछि उहाँको उत्तराधिकारीको रुपमा मेट्सोला निर्वाचित हुनुभएको हो ।

युरोपेली संसदको नेतृत्व चयनका लागि मतदान गर्ने अधिकार भएका ६१६ जनामध्ये ४५८ जनाले मेट्सोलाको पक्षमा मतदान गरेका थिए ।

४३ वर्षीय मेट्सोला युरोपेली संसदको अध्यक्षमा सबैभन्दा कान्छो उमेरमा निर्वाचित हुनुभएको हो । त्यसैगरी उहाँ तेस्रो महिला अध्यक्ष हुनुहुन्छ ।

उहाँ यसअघि सन् २०२० नोभेम्बर देखि युरोपेली संसदको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री